Listen Live: 

चितवनको पर्यटकीय नगरी सौराहामा सहकारीका सदस्यहरुलाई साक्षरता विकास तालिम

Radio Chitwan
सोमवार, फाल्गुन १, २०७९

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा सहकारीका सदस्यहरुलाई साक्षरता विकास तालिम दिइएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको सहकार्यमा रत्ननगर २ मा रहेको पेवा बचत तथा ऋण सहकारी संस्था लि।, एकीकृत बचत तथा ऋण सहकारी संस्था लि।रौतहटको सयुंक्त आयोजनामा सहकारीका सदस्यहरुलाई तालिम दिइएको हो ।

दुई दिन सम्म सञ्चालन भएको संघका तालिम अधिकृत उमेश कोइरालाले सहजीकरण गरेका थिए । तालिममा पेवा र एकीकृत साकोसका पदाधिकारी, सञ्चालक समिति, सल्लाहकार, उपसमिति र सदस्यहरु गरी ५४ जनाको सहभागिता रहेको कार्यक्रमको संयोजक ठाकुर प्रसाद पन्तले जानकारी दिए ।

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता पेवा साकोसका अध्यक्ष नवराज तिमल्सिना र एकीकृत साकोसको अध्यक्ष कृष्ण बहादुर खड्काले संयुक्त रुपमा गरेका थिए ।

जिल्ला बचत संघको कोषाध्यक्ष गोबिन्द भट्टराई समेतको उपस्थिति रहेको सो कार्यक्रम पेवा साकोसको कोषाध्यक्ष अरूण कुमार शिवाकोटीले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram