Listen Live: 

धार्मिक संस्कार र पद्धतिअनुसार बर, पीपलको विवाह

Radio Chitwan
सोमवार, फाल्गुन १, २०७९

भरतपुर । बर, पीपल र समी छहारीका लागिमात्रै होइन, यसको मह¤व हिन्दु संस्कार र सजीव प्राणीसँग पनि उत्तिकै निकट मानिन्छ । यति मह¤वपूर्ण हुँदाहुँदै पनि पछिल्ला केही दशकयता यस्ता चौतारी मासिँदै गएका छन् । हिन्दु परम्पराअनुसार यी बिरूवाको हाँगासमेत काट्न हुँदैन भन्ने चलन छ । त्यसैले त भगवान् मानेर पूजा गर्ने परम्परा अझै जीवित छ । तर, पछिल्ला केही दशकयताको अवस्था हेर्ने हो भने विकासको क्रममा धार्मिक मह¤व बोकेका वर्षौं पुराना रुखबिरूवा मासिएका छन् ।

बरलाई शिव, पीपललाई विष्णु र समीलाई सूर्यको रुपमा पूजा गर्छन् । तर, सडककिनारमा पर्ने सबैजसो चौतारी ढल्दै जाँदा पूजा गर्ने ठाउँको समेत अभाव हुँदै गएको छ । यही क्रममा भरतपुर–११, बसेनी बजार टोल विकास संस्थाले भने चौतारी संरक्षणको प्रयास गरिरहेको छ । मुख्य राजमार्ग क्षेत्रमा लगाइएका पुराना चौतारी मासिए पनि उपयुक्त ठाउँमा यसको संरक्षण गर्न सकिने भन्दै बसेनीवासीले नहरछेउमा चौतारी निर्माण गरेको छ । जनसहभागितामा केही महिनाअघि निर्माण गरेको चौतारीको शुक्रबार टोलवासीले हिन्दु संस्कारअनुसार विवाह पूजा गरिदिएका छन् ।

चौतारी संरक्षणका लागि २०६९ साल असार ३० गते रोपेको तीन बिरूवालाई चौतारीको रुप दिएपछि शुक्रबार लगनको शुभमुहूर्त पारेर वैदिक परम्पराअनुसार पूजा गरेरै विवाह गरिदिएको बसेनी बजार टोल विकास संस्थाका अध्यक्ष गणेशचन्द्र देवकोटाले जानकारी दिए । ‘हिन्दु शास्त्रअनुसार मात्र नभई समग्र सजीव प्राणीकै लागि मह¤वपूर्ण मानिने हुँदा यसको संरक्षणमा हामीले चासो दिएका हौँ’, उनले भने, ‘यो कुरा परम्परासँग पनि जोडिएको हुँदा भावी पुस्ताले पनि सिकोस्, थाहा पाओस् भन्ने हाम्रो उद्देश्य हो ।’

शुक्रबार विवाह कार्यक्रम पनि जनसहभागितामै सम्पन्न गराएको उनले बताए । ‘आँपटारीस्थित विमला ढकालले बिरूवाको व्यवस्थापन गरिदिएपछि यो चौतारोलाई कोही व्यक्तिले पनि निर्माण गर्न सक्थे । तर, यसलाई सबैको साझा बनाउने योजनासहित जनसहभागिताबाटै निर्माण ग¥यौँ’, उनले भने, ‘अहिले विवाह पूजा पनि जनसहभागिताबाटै गराएका हौँ ।’ सबै काम जनसहभागिताबाट गरेपछि यसको संरक्षणमा सबैले चासो राख्ने उनको विश्वास छ । चौतारीको शुद्धताका लागि पनि विवाह आवश्यक रहेको उनको भनाइ छ ।

भगवान्को रुपमा चिनिने हुँदा चौतारीमा आएर बस्ने जोकसैले भगवान्को नजिकमा परेको अनुभव गर्ने बसेनी चौतारी उपभोक्ता समितिका अध्यक्ष खेमराज पोख्रेल बताउँछन् । ‘यी चौतारीलाई भगवान् मान्ने हुँदा चौतारीमा आउँदा भगवान्को नजिकमा आइयो भन्ने विश्वास छ’, उनले भने, ‘त्यसैले धार्मिक संस्कार र पद्धतिअनुसार विवाह गरिदिएका हौँ । यसो गर्दा शुद्धतासँगै फल प्राप्ति हुन्छ भन्ने जनविश्वास छ ।’

जनसहभागिताबाट संकलित करिब चार लाख रूपैयाँ लागतमा करिब चार महिना लगाएर चौतारी निर्माण गरिएको उनले बताए । विकासका क्रममा चौतारी मासिँदै गएपछि सम्भव भएका भित्री सडकहरुमा संरक्षण गर्न सकिने सन्देश दिन पनि टोलवासी मिलेर निर्माण गरेको उनको भनाइ छ । ‘विकासको क्रममा भएका चौतारी मासिए भन्दैमा हामीले आफ्नो परम्परा र संस्कार छोड्न सकिँदैन’, उनले भने, ‘त्यसैले सम्भव भएका स्थानमा यसलाई संरक्षण गर्नुपर्छ ।’

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram