कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
गुञ्जनगरमा रहेको उन्नति महिला बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न

गुञ्जनगर । भरतपुर–१८, गुञ्जनगरमा रहेको उन्नति महिला बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका–१८ का वडाध्यक्ष बाबुराम राना प्रमुखअतिथि रहेको कार्यक्रममा लेखा संयोजक विपुला घिमिरेले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्णभक्त भट्टराई, वडा सदस्य लक्ष्मी अधिकारी र दिलु गजमेर, नारी जागरण केन्द्रकी अध्यक्ष राधादेवी काफ्ले, शोभा ढकाल, साना किसान सहकारीकी अध्यक्ष यशोदा पौडेल, ज्योत्स्ना ढकाल, कमलकान्त पौडेल, हरिकृष्ण सापकोटा, गुञ्जनगर खानेपानीका अध्यक्ष महेन्द्र गुरूङ, पुण्यदेवी ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी अध्यक्ष हरिकला ढकालको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका ज्येष्ठ सदस्यहरु ज्ञानीमाया सुवेदी र पानमाया विक साथै असल ऋणी तथा बचतकर्ताहरु नैथेन तामाङ, सुभाना खड्का, स्मारिका ढकाल, छनुमाया थापामगर, पिता पौडेल, धनकुमारी विक, पवित्रा तामाङ, धनमाया कुमाल, फूलमाया थापामगरलगायतलाई सम्मान गरिएको थियो ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]