Listen Live: 

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनयुद्ध दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै

Radio Chitwan
सोमवार, फाल्गुन १, २०७९

चितवन, फागुन १(

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनयुद्ध दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै दिवसको खुसीयाली बाडेकी छन् ।

आज एक विज्ञप्ति जारी गर्दै मेयर दाहालले विभिन्न अवसर पारेर संघर्षबाट प्राप्त उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै बाँकी कार्यभारहरु पूरा गर्नुपर्ने भन्दै दिवसको खुसीयाली बाडेकी हुन् ।

सन्देशमा भनिएको छ–‘नेपाली राजनितिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित भएको हो ।’

नगर प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा संविधानसभा मार्फत संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चितसहित संघ, प्रदेश र स्थानीय तहको सरकारको रुपमा अभ्यासमा आउनु पनि महान जनयुद्धकै योगदान भएको कुरा अवगत नै भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘जनयुद्ध दिवसको अवसर पारेर देश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै जनतालाई सार्वभौम एवम् अधिकार सम्पन्न बनाउन बलिदान गर्ने सहिदहरु प्रति हार्दिक श्रद्धासुमनका साथै घाइते अपाङ्ग तथा बेपत्ता योद्धाका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्ध दिवसको खुसीयाली बाँड्न चाहन्छु ।’

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram