कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
काममा प्रगति नदेखिएपछि नारायणगढ–मुग्लिन सडक मर्मतको जिम्मा पाएको लोहनी एण्ड सन्स कन्सट्रक्सनसँग ठेक्का सम्झौता तोडिए

चितवन, माघ २९–
पटक्पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि नारायणगढ–मुग्लिन सडक मर्मतको जिम्मा पाएको लोहनी एण्ड सन्स कन्सट्रक्सनसँग ठेक्का सम्झौता तोडिएको छ ।
म्याद थप गरे पनि ठेकेदारले काम बेवारिसे बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको हो ।
अहिले सो काम लिपी कालिका कम्पनीले सुरु गरेको छ । लोहनी एण्ड सन्स कन्स्ट्रक्सनसँग गतवर्ष वैशाख १४ गते नारायणगढ–मुग्लिन सडकमा मर्मत र पर्खाल बनाउने ठेक्का पाएको थियो । तर कम्पनीले असारसम्म काम सक्ने अवधि भए पनि कुनै काम नै गरेको थिएन । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागले जनाएको छ ।
लामो समयदेखि काम हुन नसकेका र रुग्ण भई काममा प्रगति नदेखिएका ठेक्काहरु तोडिएको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले बताए । उनले भने, ‘ लोहनी एण्ड सन्स कन्सट्रक्सन कम्पनीले पर्खाल र बिग्रिएको पिच मर्मतको लागि उसलाई ठेक्का दिइएको थियो । म्याद छँदै ठेक्का तोडिएको हो । ठेक्का तोडिएपछि यो काम लिपी कालिका कम्पनीले सुरु गरेको छ ।’
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]