कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
काममा प्रगति नदेखिएपछि नारायणगढ–मुग्लिन सडक मर्मतको जिम्मा पाएको लोहनी एण्ड सन्स कन्सट्रक्सनसँग ठेक्का सम्झौता तोडिए

चितवन, माघ २९–
पटक्पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि नारायणगढ–मुग्लिन सडक मर्मतको जिम्मा पाएको लोहनी एण्ड सन्स कन्सट्रक्सनसँग ठेक्का सम्झौता तोडिएको छ ।
म्याद थप गरे पनि ठेकेदारले काम बेवारिसे बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको हो ।
अहिले सो काम लिपी कालिका कम्पनीले सुरु गरेको छ । लोहनी एण्ड सन्स कन्स्ट्रक्सनसँग गतवर्ष वैशाख १४ गते नारायणगढ–मुग्लिन सडकमा मर्मत र पर्खाल बनाउने ठेक्का पाएको थियो । तर कम्पनीले असारसम्म काम सक्ने अवधि भए पनि कुनै काम नै गरेको थिएन । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागले जनाएको छ ।
लामो समयदेखि काम हुन नसकेका र रुग्ण भई काममा प्रगति नदेखिएका ठेक्काहरु तोडिएको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले बताए । उनले भने, ‘ लोहनी एण्ड सन्स कन्सट्रक्सन कम्पनीले पर्खाल र बिग्रिएको पिच मर्मतको लागि उसलाई ठेक्का दिइएको थियो । म्याद छँदै ठेक्का तोडिएको हो । ठेक्का तोडिएपछि यो काम लिपी कालिका कम्पनीले सुरु गरेको छ ।’
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

