Listen Live: 

चितवन २ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो

Radio Chitwan
आइतवार, माघ २९, २०७९

चितवन,माघ २९(

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन(२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले चितवन(२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् । जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पारेका थिए ।

चितवन(२ मा समयमै उपनिर्वाचन होस् भनेर मैले भनेको छु । समयमै उपनिर्वाचन गरियोस् ताकि हामीलाई सजिलो होस्, उपनिर्वाचनमा जानुपर्ने मलाई आइलाग्या छ भनेको छु, बैठकपछि लामिछानेले इकान्तिपुरसँग भने, ुनिर्वाचन छिटोभन्दा छिटो हुनुपर्‍यो भन्ने कुरा मैले राखेपछि प्रधानमन्त्रीले निर्वाचन आयोगसँग कुरा गरेको छु चाँडै नै मिति तोकिन्छ ढुक्क हुनुस् भनेर मलाई आश्वस्त पार्नुभएको छ ।

चितवन २ बाट मंसिर ४ को निर्वाचनमा रास्वपाका लामिछाने निर्वाचित भएका थिए । उनको सांसद बन्ने योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको तर त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै सर्वोच्चले उनको पद खारेज गरिदिएको थियो । लामिछानेको पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । पद खारेजीपछि लामिछानेले प्रक्रिया पुरा गरेर नेपाली नागरिकता प्राप्त गरिसकेका छन् ।

आन्य समाचारहरु:-
April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

April 20, 2024
चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।

रत्ननगर । शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि  २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने  १२२ जनाले प्रयोगशाला सेवाकाे […]

April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram