Listen Live: 

स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलमा आयोजक चितवन भेटेरान निलोले विजयी सुरुवात

Radio Chitwan
आइतवार, माघ २९, २०७९

चितवन। स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलमा आयोजक चितवन भेटेरान निलोले विजयी सुरुवात गरेको छ । प्रतियोगितको उद्घाटन खेलमा चितवन निलोले सिमरा भेटेरान सिमरालाई पाखा लगायो । प्रतिस्पर्धात्मक खेलमा चितवन निलो १–० ले विजयी भयो । चितवनको जितमा राजकुमार गुरुङले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको २३ औं मिनेटमा चितवनका राजकुमारले गोल गरे । उक्त गोल नै चितवनको जितमा पर्याप्त भयो । उनी नै म्यान अफ दि म्याच चुनिए । यो जितसँगै चितवन निलोले क्वाटरफाइनलमा स्थान बनाएको छ ।

प्रतियोगितामा आइतबार चार खेल हुनेछ । पहिलो खेलमा बिहान ११ बजे अभिषेक चर्च रजहर र बर्घाट भेटेरान नवलपरासी भिड्नेछन् । दोस्रो खेल दिउँसो १ बजे हेटौंडा भेटेरान क्लब र चाबेल भेटेरान तथा तेस्रो खेलमा दिउँसो २ः३० बजे साबिक विजेता फ्रिडम फाइटर ठमेल र भुपू सैनिक जबई स्पोर्टिङ क्लब भिड्नेछन् । चौथो तथा अन्तिम खेलमा आयोजक चितवन भेटेरान रातो र भनी मण्डल भेटेरान भिड्नेछन् ।

चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए ।
प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडीले नगद दश हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् ।

आन्य समाचारहरु:-
January 20, 2025
चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम 

चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 20, 2025
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]

January 20, 2025
चितवन महोत्सवमा हेल्थी बेवी प्रतियोगिता : विजेता राना मगर बनिन् प्रथम

चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]

January 19, 2025
रत्ननगरमा एचपिभी खाेप सम्बन्धी अभिमुखिकरण 

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram