कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरूवात ः माधव कुमार नेपाल

काठमाडौँ, माघ २८–
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरूवात भएको बताएका छन् ।
उनले राष्ट्रपति निर्वाचनपछि मुलुकमा नयाँ राजनीतिक परिवेश बन्ने बताए । राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफूहरूको कमजोर अवस्था नरहेको दाबी गरे ।
‘भर्खरै सुदूरपश्चिमको सरकार ढल्यो । अब नयाँ सरकार बनेको छ । त्यो सरकारमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी छन्,’ उनले भने, ‘हिजो यो पार्टीको केही अर्थ छैन भन्नेहरूलाई जवाफ मिलेको छ । नेकपा एमालेलाई ठूलो धक्का परेको छ । यस्तो धक्का सुदूरपश्चिमबाट सुरू भएको छ, यो त त्यसको पहिलो सुरूवात भएको मात्रै हो ।’
उनले निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि निराश नहुन र हौसलालाई बुलन्द राख्न नेता कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले राष्ट्रपतिको निर्वाचनपछि देशमा नयाँ राजनीतिक परिवेश सिर्जना हुने समेत दाबी गरे । ‘देश नयाँ परिवेशमा पुग्दैछ । अहिले सबैतिर चर्चा छ, राष्ट्रपति पदको । म राष्ट्रपति हुने भएँ भनेर मान्छेहरू दंग परेका छन्, उनीहरूलाई दंग पारिएको छ,’ उनले भने, ‘सबैलाई राष्ट्रपति पद दिइएको छ । को–को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । यो मैले संकेत मात्रै गरेको हो ।’
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

