Listen Live: 

भरतपुरको गेष्ट हाउस चौरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु

Radio Chitwan
आइतवार, माघ २९, २०७९

चितवन, माघ २८–

भरतपुरको गेष्ट हाउस चौरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

भरतपुर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई चितवन भेट्रान फुटबल क्लब भरतपुर–७ ले आयोजना गरेको हो ।

प्रतियोगिताको आज भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर अधिकारीले खेललाई खेलको रुपमा मात्रै सिमित नगरी ब्यबहारमा उतार्नु पर्नेमा जोड दिए । उनले खेलकुदको क्षेत्रमा भरतपुर महानगरपालिका अग्रणी स्थानमा रहेको उल्लेख गर्दै खेलकुदकर्मीहरुले यसको बढी भन्दा बढी फाइदा लिन सबैमा अपिलसमेत गरे ।

भरतपुर महानगरपालिकाले विकास सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले प्रष्ट पारे । स्वास्थ्य जीवनयापनका लागि अन्य क्रियाकलापहरु जस्तै खेल पनि एक महत्वपूर्ण अंग भएको उपमेयरको विचार छ ।

आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतको कोलकत्तासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमराले सहभागिता जनाएको क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू सैनिक जबई स्पोर्टिङ, एक्स महेन्द्र पुलिस क्लब, बगरभाइ खलक भेट्रान, हेटौँडा भेट्रान, फ्रेण्ड्स भेट्रान, दरबार भेट्रान नुवाकोट र थापागाउँ सुधार समिति सहभागी हुने क्लबले जनाएको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुने छन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १० का अध्यक्ष परमेश्वर खनाल, चितवन सेवा सामाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समीर केसी, नारायणगढ लेडी जेसीजका अध्यक्ष सुस्मिता श्रेष्ठ, नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाललगायतले बोलेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram