रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
भरतपुरको गेष्ट हाउस चौरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु

चितवन, माघ २८–
भरतपुरको गेष्ट हाउस चौरमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
भरतपुर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको प्रतियोगितालाई चितवन भेट्रान फुटबल क्लब भरतपुर–७ ले आयोजना गरेको हो ।
प्रतियोगिताको आज भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर अधिकारीले खेललाई खेलको रुपमा मात्रै सिमित नगरी ब्यबहारमा उतार्नु पर्नेमा जोड दिए । उनले खेलकुदको क्षेत्रमा भरतपुर महानगरपालिका अग्रणी स्थानमा रहेको उल्लेख गर्दै खेलकुदकर्मीहरुले यसको बढी भन्दा बढी फाइदा लिन सबैमा अपिलसमेत गरे ।
भरतपुर महानगरपालिकाले विकास सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले प्रष्ट पारे । स्वास्थ्य जीवनयापनका लागि अन्य क्रियाकलापहरु जस्तै खेल पनि एक महत्वपूर्ण अंग भएको उपमेयरको विचार छ ।
आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतको कोलकत्तासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमराले सहभागिता जनाएको क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू सैनिक जबई स्पोर्टिङ, एक्स महेन्द्र पुलिस क्लब, बगरभाइ खलक भेट्रान, हेटौँडा भेट्रान, फ्रेण्ड्स भेट्रान, दरबार भेट्रान नुवाकोट र थापागाउँ सुधार समिति सहभागी हुने क्लबले जनाएको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुने छन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १० का अध्यक्ष परमेश्वर खनाल, चितवन सेवा सामाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समीर केसी, नारायणगढ लेडी जेसीजका अध्यक्ष सुस्मिता श्रेष्ठ, नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाललगायतले बोलेका थिए ।
काठमाडौं,असोज १६- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले १९औं एसियाडको क्वाटरफाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। टी-ट्वेन्टी आईमा नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाल र भारतबीचको खेल भोलि […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]