कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
देशमा शोसक र भ्रष्टचारको कमी छैन ः डा झलनाथ खनाल

काठमाडौं,माघ २८(
पूर्व(प्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पूर्व(प्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरू, कमिसन खोरहरू, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए।
उनले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए। उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरुको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए।
उनले भने, ‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन्। विदेशीहरुका दलालहरु छन्। यी हाम्रा शत्रु हुन्। यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन्। यो उनीहरुको लुटपाटको बिरोध र भण्डाफोर गर्ने काममा हामी सांस्कृतिककर्मीहरु सबैभन्दा अग्रपंक्तिमा उभिनुपर्छ। हाम्रा सहयोगी मित्रहरु पनि छन्। यी साथीहरुसँग आलोचना र समर्थनको दृष्टिकोणले हेर्नुपर्छ। नराम्रालाई मैत्रीपूर्ण आलोचना र राम्रालाई समर्थन गर्नुपर्छ। हामीले समाजवादी संस्कृतिको निर्माण गर्ने सिलसिलामा नयाँ कविता रच्नुपर्छ। नयाँ कथाहरु बनाउनुपर्छ। नयाँ उपन्यास, महाकाव्य लेख्नुपर्छ र सांस्कृतिक आन्दोलन अघि बढाउनुपर्छ।’
पूर्व(प्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]