Listen Live: 

शहरी विकास मन्त्री विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरे साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको अवलोकन

Radio Chitwan
आइतवार, माघ २९, २०७९

चितवन,माघ २८(

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको शनिबार शहरी विकास मन्त्री विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवलोकन गरेका छन् । पाण्डे र लामिछाने आउने भएपछि महायज्ञमा आज दिनभर भक्तजनको बाक्लो भिड लागेको थियो । महायज्ञको अवलोकनपछि बोल्दै मन्त्री पाण्डेले सनातन धर्मको रक्षाका लागि सरकारले गौवनको व्यवस्था गर्नुपर्ने बताए । धर्म संस्कृतिको संरक्षणका लागि कोटिहोम महायज्ञ महत्वपूर्ण भएको उनले बताए ।

रास्वपाका सभापति लामिछानेले नारायणी किनारजस्तो पवित्र स्थलमा भएको धार्मिक अनुष्ठानले सनातन धर्मको संरक्षणमा टेवा पुग्ने बताए । गृहमन्त्रालयमा ३२ दिन रहँदा आफुले दर्जनौँ आमाबुबाको समस्या सम्बोधन गरेको उनले बताए । आफुलाई विरोधीले देश निकाला गर्नेदेखि ज्यान नै मार्नेसम्मको योजना बनाएको उनको भनाइ थियो । महायज्ञमा आयोजकले उनको अभिषेक गराएर शान्ति र प्रगतिको कामना समेत गरेका थिए ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram