Listen Live: 

डिभिजन वन कार्यालय चितवनले हरेक वर्ष लाखौँको संख्यामा विरुवाहरु उत्पादन गर्दै

Radio Chitwan
बुधबार, माघ २५, २०७९

चितवन, माघ २५–

डिभिजन वन कार्यालय चितवनले हरेक वर्ष लाखौँको संख्यामा विरुवाहरु उत्पादन गर्दै आएको छ । गतवर्ष दुई लाख पाँच हजार विरुवा उत्पादन गरेको कार्यालयले यसवर्ष भने दुई लाख मौसमी र ६० हजार बहुवर्षीय विरुवा उत्पादन गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

खनालका अनुसार पछिल्लो पाँच वर्षको तुलना गर्दा विरुवा रोजाइमा मानिसहरुको रुची बदलिएको छ । । पाँच वर्षअघि चाँपको विरुवा माग गर्नेले आजभोली कपुर, धुपी जस्ता विरुवा माग्ने गरेको उनी बताउँछन् ।

‘चितवनमा सहरिकरण बढ्दै गएको कारण घरहरुमा रुखजन्य विरुवाभन्दापनि सौन्दर्य र आकर्षक विरुवा लगाउनेतर्फ मानिसहरुको रुची बढ्दै गइरहेको देखिएको छ,’ उनले भने, ‘सहरमात्र बढेर भएन । सहरी सौन्दर्यको लागि पनि वृक्षारोपण जरुरी छ । मानिसको चाहना र आवश्यकता पनि समयसँगै बदलिँदै जाँदा सोही अनुसारका बोटबिरुवा उत्पादन गर्दै गइरहेका छौँ ।’

यस वर्ष ६० हजार बहुवर्षिय विरुवा उत्पादन गरिएको खनालले जानकारी दिए । ‘पछिल्लो समय कपुर, धुपी, म्याङ्गोस्टिक, जाकाराण्डाका विरुवा धेरै छन्, त्यसपछि कागती र श्रीखण्ड पनि उत्पादन गर्न खोजिरहेका छौँ’, उनले बताए ।

विरुवा उत्पादनको वर्गीकरण गर्दा रुखजन्य, सौन्दर्यजन्य, जडिबुटी र डाले घाँस उत्पादन हुने गरेको उनले जानकारी दिए । जसमा डाले घाँसअन्र्तगत बडहर, कोइरालो, बर्रो र डेकोरेटिभ, रुखजन्यमा कपुर, धुपी, म्याङ्गोस्टिक, राजवृक्ष जस्ता विरुवा उत्पादन भएको उनको भनाई छ ।

‘चितवनमा सबैभन्दा बढि विरुवाहरु रोडसाइट प्लाण्टेसनमा केन्द्रित भएको देखिन्छ’, उनले भने, ‘पोहोर साल झण्डै पचास हजार म्याङगोस्टिक विरुवा वितरण भएको थियो ।’

बलौटे तथा गेग्रटो माटोमा समेत हुर्कन सक्ने क्षमता भएको र सधैभर हरियाली रहने विशेषता भएको कारण पनि म्याङ्गोस्टिक विरुवा अत्यधिक रुचाइएको उनले बताए । कहिल्यै पात खाली नहुने कपुरको विरुवामा पनि मानिसहरुको लगाव बढ्दै गइरहेको उनले बताए ।

एक आर्थिक वर्षभित्र उत्पादन गरेर वितरण गर्ने खालका विरुवाहरु पछिल्लो तीन वर्षदेखि ‘असार १४ वृक्षारोपण दिवस’ को दिनबाट नै वितरण सुरु गर्ने गरेको खनालले जानकारी दिए ।

वन कार्यालयले असारदेखि भदौसम्म विरुवाहरु निःशुल्क वितरण गर्छ । सामुदायिक वन, धार्मिक वन, विभिन्न संघसंस्था र व्यक्तिले वनबाट विरुवा लैजाने गर्छन् ।

व्यक्तिले लगेको विरुवाको अवस्थाबारे अनुगमनको पाटो भने प्रभावकारी हुन नसकेको उनी स्वीकार गर्छन् । ‘संस्थाभन्दा धेरै विरुवा व्यक्तिले लगेको देखिन्छ, संस्थाको अनुगमन हुने गरेतापनि व्यक्तिले लगेको विरुवाको अनुगमन गर्न असाध्यै गाह्रो छ,’ उनले भने ।

उनी भन्छन्, ‘हरेक वर्ष डेढदेखि दुई लाख विरुवा वितरण भएको छ, त्यो हिसावले चितवन एकदमै हरियाली हुनुपर्ने हो, त्यो किन भइरहेको छैन त रु भन्ने विषय एकदमै अध्ययन हुनुपर्ने विषय हो ।’

बहुवर्षियमा अन्यौलता

वन मन्त्रालयले बहुवर्षीय विरुवा कहिलेदेखि वितरण गर्ने भनेर स्पष्ट निर्देशन नदिँदा अन्यौलता सिर्जना भएको उनी बताउँछन् । ‘अहिले बहुवर्षिय मात्रै भन्दियो, एक वर्षपछि मात्रै दिने हो कि रु दुई वर्षपछि दिने हो रु भन्ने कुराको स्पष्टता भएन’, उनले भने, ‘उत्पादन भइसकेपछि मन्त्रालयलाई पनि सोध्छौँ, के गर्ने हो भनेर रु’, उनले भने ।

गत वर्षसम्म तीन वर्ष पुगेका विरुवा वितरण गर्ने गरिएको थियो । अहिले विरुवा कति वर्षको पुगेपछि वितरण गर्ने भनेर स्पष्ट निर्देशन नआएको उनको भनाइ छ ।

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram