Listen Live: 

डिभिजन वन कार्यालय चितवनले हरेक वर्ष लाखौँको संख्यामा विरुवाहरु उत्पादन गर्दै

Radio Chitwan
बुधबार, माघ २५, २०७९

चितवन, माघ २५–

डिभिजन वन कार्यालय चितवनले हरेक वर्ष लाखौँको संख्यामा विरुवाहरु उत्पादन गर्दै आएको छ । गतवर्ष दुई लाख पाँच हजार विरुवा उत्पादन गरेको कार्यालयले यसवर्ष भने दुई लाख मौसमी र ६० हजार बहुवर्षीय विरुवा उत्पादन गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

खनालका अनुसार पछिल्लो पाँच वर्षको तुलना गर्दा विरुवा रोजाइमा मानिसहरुको रुची बदलिएको छ । । पाँच वर्षअघि चाँपको विरुवा माग गर्नेले आजभोली कपुर, धुपी जस्ता विरुवा माग्ने गरेको उनी बताउँछन् ।

‘चितवनमा सहरिकरण बढ्दै गएको कारण घरहरुमा रुखजन्य विरुवाभन्दापनि सौन्दर्य र आकर्षक विरुवा लगाउनेतर्फ मानिसहरुको रुची बढ्दै गइरहेको देखिएको छ,’ उनले भने, ‘सहरमात्र बढेर भएन । सहरी सौन्दर्यको लागि पनि वृक्षारोपण जरुरी छ । मानिसको चाहना र आवश्यकता पनि समयसँगै बदलिँदै जाँदा सोही अनुसारका बोटबिरुवा उत्पादन गर्दै गइरहेका छौँ ।’

यस वर्ष ६० हजार बहुवर्षिय विरुवा उत्पादन गरिएको खनालले जानकारी दिए । ‘पछिल्लो समय कपुर, धुपी, म्याङ्गोस्टिक, जाकाराण्डाका विरुवा धेरै छन्, त्यसपछि कागती र श्रीखण्ड पनि उत्पादन गर्न खोजिरहेका छौँ’, उनले बताए ।

विरुवा उत्पादनको वर्गीकरण गर्दा रुखजन्य, सौन्दर्यजन्य, जडिबुटी र डाले घाँस उत्पादन हुने गरेको उनले जानकारी दिए । जसमा डाले घाँसअन्र्तगत बडहर, कोइरालो, बर्रो र डेकोरेटिभ, रुखजन्यमा कपुर, धुपी, म्याङ्गोस्टिक, राजवृक्ष जस्ता विरुवा उत्पादन भएको उनको भनाई छ ।

‘चितवनमा सबैभन्दा बढि विरुवाहरु रोडसाइट प्लाण्टेसनमा केन्द्रित भएको देखिन्छ’, उनले भने, ‘पोहोर साल झण्डै पचास हजार म्याङगोस्टिक विरुवा वितरण भएको थियो ।’

बलौटे तथा गेग्रटो माटोमा समेत हुर्कन सक्ने क्षमता भएको र सधैभर हरियाली रहने विशेषता भएको कारण पनि म्याङ्गोस्टिक विरुवा अत्यधिक रुचाइएको उनले बताए । कहिल्यै पात खाली नहुने कपुरको विरुवामा पनि मानिसहरुको लगाव बढ्दै गइरहेको उनले बताए ।

एक आर्थिक वर्षभित्र उत्पादन गरेर वितरण गर्ने खालका विरुवाहरु पछिल्लो तीन वर्षदेखि ‘असार १४ वृक्षारोपण दिवस’ को दिनबाट नै वितरण सुरु गर्ने गरेको खनालले जानकारी दिए ।

वन कार्यालयले असारदेखि भदौसम्म विरुवाहरु निःशुल्क वितरण गर्छ । सामुदायिक वन, धार्मिक वन, विभिन्न संघसंस्था र व्यक्तिले वनबाट विरुवा लैजाने गर्छन् ।

व्यक्तिले लगेको विरुवाको अवस्थाबारे अनुगमनको पाटो भने प्रभावकारी हुन नसकेको उनी स्वीकार गर्छन् । ‘संस्थाभन्दा धेरै विरुवा व्यक्तिले लगेको देखिन्छ, संस्थाको अनुगमन हुने गरेतापनि व्यक्तिले लगेको विरुवाको अनुगमन गर्न असाध्यै गाह्रो छ,’ उनले भने ।

उनी भन्छन्, ‘हरेक वर्ष डेढदेखि दुई लाख विरुवा वितरण भएको छ, त्यो हिसावले चितवन एकदमै हरियाली हुनुपर्ने हो, त्यो किन भइरहेको छैन त रु भन्ने विषय एकदमै अध्ययन हुनुपर्ने विषय हो ।’

बहुवर्षियमा अन्यौलता

वन मन्त्रालयले बहुवर्षीय विरुवा कहिलेदेखि वितरण गर्ने भनेर स्पष्ट निर्देशन नदिँदा अन्यौलता सिर्जना भएको उनी बताउँछन् । ‘अहिले बहुवर्षिय मात्रै भन्दियो, एक वर्षपछि मात्रै दिने हो कि रु दुई वर्षपछि दिने हो रु भन्ने कुराको स्पष्टता भएन’, उनले भने, ‘उत्पादन भइसकेपछि मन्त्रालयलाई पनि सोध्छौँ, के गर्ने हो भनेर रु’, उनले भने ।

गत वर्षसम्म तीन वर्ष पुगेका विरुवा वितरण गर्ने गरिएको थियो । अहिले विरुवा कति वर्षको पुगेपछि वितरण गर्ने भनेर स्पष्ट निर्देशन नआएको उनको भनाइ छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram