Listen Live: 

मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने

Radio Chitwan
बुधबार, माघ २५, २०७९

काठमाडौं, माघ २४(

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताएका छन् ।

मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उनले बताएका हुन् । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने उनले बताए ।

नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो । देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने भन्दै प्रमुख आयुक्त थपलियाले त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्ने जानकारी दिए ।

उनले भने,‘ सरकारसँग सुरक्षा र बजेट माग गरेर उपनिर्वाचनको मिति आयोगले नै तोक्ने हो । उपनिर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै छ । त्यसअघि मतदाता नामावली अद्यावधिक गर्नुपर्ने हुन्छ । प्रदेशको मात्र भएको प्रदेशभरिको गरे पुग्ने थियो । संघीय संसदको चुनाव भएकोले देशभरिको जोपनि योग्यता भएको मतदाता उम्मेदवार हुने पाउने भएकोले मतादाता नामावली अद्यावधिक गर्नुपर्ने हुन्छ । आयोगले सुरुमा यसको तयारीमा जुट्दैछ ।’

आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर काम सुरु गर्ने तयारीमा रहेको उनले बताए । राष्ट्रपतिलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउने, नयाँ राष्ट्रपतिको निर्वाचन सकेपछि मात्रै उपनिर्वाचनको विषयमा प्रवेश गर्ने आयोगको तयारी छ ।

आयुक्त थपलियाले भने, ‘उपनिर्वाचन गर्न आयोगलाई कुनै समस्या छैन, बजेट छँदैछ, सामान छँदैछ । सरकारले पनि ढिलो गर्ने भनेको छैन जस्तो लाग्छ, हामी त चुनाव गर्न अधिकार पाएर बसेको मान्छेले ढिलो गर्ने त कुरै छैन ।’

राष्ट्रपतिको निर्वाचन अघि उपनिर्वाचनको सम्भावना नरहेको बताउँदै उनले छिटोमा आगामी चैत मसान्तपछि मात्र गर्न सकिने बताए । गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले निर्वाचित भएका थिए ।

लामिछानेले ४९ हजार ३ सय मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत र तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६२ मत पाएका थिए ।

अमेरिकाको नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएर पहिलेकै नागरिकता कायम गर्न त्रुटिका कारण लामिछानेले उपप्रधान तथा गृहमन्त्री, सांसद, पार्टी सभापति पद गुमाउन पुगेका थिए । नागरिकता प्राप्तिपछि पुनः गृहमन्त्रीमा जान चाहेका लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त नगरेपछि उनको दल सरकारलाई दिएको विश्वासको मत कायम राख्दै आइतबार सरकारबाट बाहिरिएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram