रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
चितवनको रत्ननगरका व्यवसायी बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर बिरुद्ध आए सडकमा

रत्ननगर । चितवनको रत्ननगरका व्यवसायी बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर बिरुद्ध सडकमा आएका छन् । ब्याजदर एक अंक कायन गर्नुपर्ने माग गर्दैै व्यवसायी सडकमा आएका हुन ।
रत्ननगर उद्योग बाणिज्य संघले बैंकको चर्को व्याजदरका कारण व्यवसायी धरासायी बनेको भन्दै शुक्रवार विरोध र्याली गरेको हो । र्यालीमा सहभागी व्यवसायीहरुले ब्याजदर एक अंक कायम गर, व्याजरमा स्थिरता दे, व्याजदर चर्को भो, गरिखान गाह्रो भो,बैंकिङ आतङ्क बन्द गर, चालुपूजि कर्जा मार्गदर्शन स्थगित गर, बैंक हामीलाई प्यारो छ, व्याजदर बृद्धिले गाह्रो भो,गरिखाने मर्दैछ सरकारको राजश्व घटदै छ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
व्यवसायीहरुले बैंकहरुले आफुखुसी व्याजदर निर्धारण गर्ने र व्यवसायीलाई आतङ्कित बनाउने गरेको बताएका छन् । उनीहरुले बैंक तथा वित्तीय संस्थाले अहिले १६ प्रतिशत सम्म व्याज लिएको भन्दै त्यसलाई एक अंकमा झार्न माग गरेका हुन । टाँडीचोकबाट सुरु भएको र्याली बकुलहरचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
सो अबसरमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गोपालराज कर्माचार्यले व्यावसायीहरुले कमाएको भन्दै बढी पैसा व्याज तिर्नुपर्ने अबस्था आएको बताए । बैंक र व्यवसायी दुबै पक्षको हित हुने गरी सरकारले मध्यमार्गी निर्णय गर्नुपर्ने उनको सुझाब छ ।
भुक्तानी सन्तुलन मिलाउन नसक्दा आर्थिक संकट उत्पन्न भएको भन्दै उनले संकटको बेला बैंक तथा वित्तीय संस्थाले व्यवसायी डुवाउने तर्फ लागेको छ । कार्यक्रममा संघका कार्यबहाक अध्यक्ष शंकर गिरीले बैंकको चर्को व्याजदरका कारण मुल्यबृद्धि भएको बताए ।
बैंकको चर्को व्याजदरका कारण व्यवसायीले आत्महद समेत गर्नुपर्ने बाध्यकारी अबस्था आएको भन्दै सरकार र राष्ट्रबैंकले यसको नियन्त्रण गर्नुपर्ने बताए । संघका कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, पदाधिकारी,सदस्य तथा अन्य व्यवासायीहरुको सहभागिता रहेको थियो ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]