चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
हालसम्म १३७ युक्रेनीको मृत्यु‚ चेर्नोबिल कब्जा गरिसकेको दाबी

काठमाडौँ — रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।
त्यस्तै रुसले युक्रेनमाथि गरेको आक्रमणलाई ‘क्रूर आक्रमण’को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिले पुनः सोभियत संघ ब्युँताउन चाहेको आरोप लगाएका छन् ।
रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा हमला गरेपछि त्यहाँको चेर्नोबिल न्युक्लियर प्लान्टसमेत कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले बताएका छन् ।
राष्ट्रपति जोलेन्स्कीले सन् १९८६ मा न्युक्लियर प्लान्ट विस्फोट हुँदा थुप्रै युक्रेनीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै त्यसलाई दोहोरिन नदिने बताएका थिए । स्विडेनका प्रधानमन्त्रीलाई यसबारेमा जानकारी गराइएको उल्लेख गर्दै उनले भनेका थिए, 'यो पूरा युरोपविरुद्ध नै युद्धको घोषणा हो।'
बेलारुस र युक्रेनको सीमानजिकै रहेको चेर्नोबिल न्युक्लियर प्लान्टमा अहिले पनि ठूलो परिमाणमा असुरक्षित रेडियोधर्मी पदार्थ भण्डारण गरिएको छ । त्यसको सुरक्षाका लागि युक्रेनी नेसनल गार्ड खटाइए पनि रुसले कब्जामा लिइसकेको बताइएको छ । रुसी सेनाको हमलाबाट यसअघि झैं पुनः न्युक्लियर प्लान्ट पुनः विस्फोट हुन सक्ने आकलनहरू गरिएका छन् ।
उक्त प्लान्ट विस्फोट भए त्यसको असर पूरै युरोपमा पर्ने बताइएको छ । १९८६ मा ब्लास्ट हुँदा १०० जनाभन्दा कमको मृत्यु भए पनि त्यसकै कारण पछिसम्म स्थानीयको मृत्यु भएको बताइन्छ । सन् १९८६ पछि पनि पटक-पटक दुर्घटना भएपछि चेर्नोबिल न्युक्लियर प्लान्टलाई सन् २००० मा बन्द गरिएको थियो । सन् २०६५ सम्म त्यहाँ रहेको असुरक्षित रेडियोधर्मी पदार्थ हटाइने युक्रेनको तयारी थियो ।
बढ्दो तनावका बीच युक्रेनको राजधानी किभबाट सर्वसाधारणहरू स्लोभाकिया र हंगेरीको सीमातर्फ लागेका छन् । सरकारले भर्खरै राजधानी किभमा कर्फ्यु घोषणासमेत गरेको छ ।
बिहीबार रुसले युक्रेनका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीच मात्रै होइन विश्व राजनीति नै तरंगित भएको छ ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]
काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]