Listen Live: 

एशियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र २०२३ जारी गर्दै पाँच देशका उच्च अधिकारीको छलफल

Radio Chitwan
सोमवार, माघ २३, २०७९

चितवन, माघ २३(

एशियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र २०२३ जारी गर्दै पाँच देशका उच्च अधिकारीको छलफल सकिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पटिहानीमा माघ २० गतेदेखि सञ्चालन गरेको अन्तर्राष्ट्रिय छलफलमा गैँडा संरक्षणमा देखिएका समस्याका उपायको खोजी गरिएको थियो ।

गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा जोड दिने निर्णय गर्दै अन्तर्राष्ट्रिय छलफल सकिएको हो ।

विभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार गैँडा पाइने एशियाली राष्ट्रको ६ वटा विषयगत क्षेत्रमा छलफल भएको थियो । सन् २०१९ मा भारतमा सम्पन्न दोस्रो बैठकले जारी गरेको एशियन गैँडाका लागि नयाँदिल्ली घोषणापत्र २०१९ को पुनरावलोकनसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा गैँडा संरक्षणको अवस्थासम्बन्धी राष्ट्रिय प्रतिवेदन, गैँडा संरक्षणका लागि प्रविधिको प्रयोग तथा सहकार्य, संरक्षण तथा चोरी शिकार नियन्त्रण, जलवायुपरिवर्तन तथा गैँडा संरक्षण, गैँडा संरक्षणमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

यस्तै गैँडाको बासस्थानको स्थलगत अवलोकनसमेत गरिएको थियो । पछिल्लो समय गैँडा संरक्षणमा देखिएका चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषय मुख्य रुपमा उठान भएको उहाँले बताउनुभयो ।

बैठकमा भुटान, भारत, इण्डोनेसिया, मलेसिया र नेपालले आ–आफ्नो देशको अनुभव, प्रविधि, साझा सवाल तथा भावी योजना जस्ता विषयमा प्रस्तुतिसहित छलफल गरिएको थियो ।

बैठकमा गैँडा संरक्षणका लागि सहकार्य गरी गर्नुपर्ने कार्य, भावी प्रथामिकताका क्षेत्र, गैँडाको चोरी शिकार तथा तिनका अङ्गको अवैध व्यापार नियन्त्रण, खण्डीकरण र क्षयीकरणबाट बासस्थानको सुरक्षा तथा गर्नुपर्ने सुधार जस्ता विषयमा छलफल भएको कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै गैँडाको व्यवस्थापन, गैँडा–मानवद्वन्द्व व्यवस्थापन, वन्यजन्तुको स्वास्थ्य, सीमापार समन्वय र सहकार्य तथा जलवायुजन्य असरलाई न्यूनीकरण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

छलफलका क्रममा गैँडा रहेका देश भारत, नेपाल, इण्डोनेसियालगायतका देशमा हुनसक्ने संरक्षणका चुनौतीका विषयमा छलफल भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो “संरक्षणका लागि निकुञ्ज, विभाग, स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वयको जरुरी देखिन्छ ।”

संरक्षणका लागि निकुञ्जको व्यवस्थापनमा सबै तह वातावरण अनुकुलित भएर लाग्न सकेमा मात्रै संरक्षणमा सफल भइने उहाँको भनाइ छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षमा गैँडाको वासस्थानको खोजी भइरहेको उहाँले बताउनुभयो । विकास र संरक्षणको पाटोलाई सँगसँगै लान सकेमा मात्र संरक्षणमा सहयोग पुग्ने ढकालले बताउनुभयो । निकुञ्ज र जनताबीचको सम्बन्धलाई बलियो बनाएर संरक्षणमा जुट्नुपर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ ।

अहिले भारतमा तीन हजार दुई सय ६६ वटा, नेपालमा सात सय ५२ वटा र इण्डोनेसियामा एक सय ५५ वटा गैँडा रहेको तथ्याङ्क छ । मलेसिया र भुटानमा संरक्षणको कोसिस गर्दा गर्दै पनि सफल हुनसकेको छैन । पाँच बाहेकका अन्य देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञको सहभागितामा छलफल भएको थियो । यसअघि पहिलो बैठक इण्डोनेसिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram