Listen Live: 

चितवनमा थपिँदै क्यान्सरका अस्पताल

Radio Chitwan
आइतवार, माघ २२, २०७९

भरतपुर । मेडिकल सिटीको उपमा पाएको चितवनमा पछिल्लो समय क्यान्सरका अस्पतालहरु पनि खुल्नेक्रम बढेको छ ।
तीन दशकदेखि विपी कोइराला क्यान्सर अस्पताल भरतपुरले विशुद्धरुपमा क्यान्सरका बिरामीहरुको उपचार गरिरहेको छ । यस्तै चितवन मेडिकल कलेजले पनि क्यान्सर रोगकै उपचारको लागि सिएमसी क्यान्सर इन्स्टिच्यूट सञ्चालनमा ल्याएको छ ।

भरतपुर महानगरपालिका–९ मा क्यान्सरकै उपचारको लागि न्यूटन अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ । यसरी एकपछि अर्को क्यान्सरको उपचारको लागि चितवनमा अस्पताल खुलिरहेका छन् । यहाँका केही निजी अस्पतालहरुले क्यान्सरको उपचारको लागि थप योजना बनाउन थालेका छन् ।

चितवन भरतपुर–७ मा रहेको विपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल क्यान्सरको उपचारको लागि सञ्चालनमा ल्याइएको पुरानो सरकारी अस्पताल हो । यहाँ भारतबाट समेत क्यान्सरको उपचारको लागि बिरामीहरु आउने गर्छन् । यस अस्पतालले क्यान्सरको उपचारमात्र होइन, क्यान्सर रोग रोकथामको लागि विभिन्न सचेतनाको कार्यक्रम पनि गर्दै आएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले शनिबार विश्व क्यान्सर दिवसको अवसर पारेर सचेतनाको लागि प्रभातफेरी कार्यक्रमसमेत गरेको थियो । तीन दशकदेखि यस क्यान्सर अस्पतालले क्यान्सर रोगको रोकथामको लागि विभिन्न ठाउँमा क्यान्सरका शिविरहरु पनि गर्दै आएको छ ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले छुट्टै सिएमसी क्यान्सर इन्स्टिच्यूट सञ्चालनमा ल्याएपछि क्यान्सरको उपचारमा अझ सहज भएको छ ।

सिएमसीको क्यान्सर इन्स्टिच्यूटका क्यान्सर रोग विशेषज्ञ डा सुवास ठाकुरका अनुसार सिएमसीले क्यान्सरको उपचारमा अत्याधुनिक उपकरण जडान गरिएको छ । उनका अनुसार बाहिरी र भित्री सेकाइका अत्याधुनिक उपकरण जडान गरिएको छ । सिएमसीको क्यान्सर इन्स्टिच्यूटमा सबै किसिमका क्यान्सरको उपचारमा अत्याधुनिक मेशिनको प्रयोग हुने उनी बताउँछन् । यस अस्पतालले पनि शनिबार क्यान्सर रोग नियन्त्रणको लागि सचेतनाको कार्यक्रम गरेको थियो ।

यस्तै, चितवनमा अर्को ठूलो न्यूटन क्यान्सर अस्पताल निर्माणको फेजमा नै रहेको यसका सञ्चालक डा भक्तमान श्रेष्ठ बताउँछन् । यसका सञ्चालक डा भक्तमान श्रेष्ठ न्यूटन अस्पताल देशकै ठूलो क्यान्सर अस्पताल बन्ने बताउँछन् ।
उनी भन्छन्, ‘अस्पताल निर्माणको क्रममा छ, २०८१ भित्रमा सञ्चालनमा ल्याउने योजना बनाइरहेका छौँ ।’ उनका अनुसार न्यूटन अस्पताल निजी क्षेत्रको देशकै अत्याधुनिक क्यान्सर अस्पताल बन्नेछ ।

तीन बिघा ११ कठ्ठा जग्गामा बन्ने न्यूटन अस्पताल ३५० बेड क्षमताको हुने बताइएको छ । भारत वा तेस्रो देश जानुपर्ने क्यान्सरका बिरामीलाई स्वदेशमा नै उपचार दिन सकियोस् भनेर अस्पताल सञ्चालनमा ल्याउन लागिएको डा श्रेष्ठ बताउँछन् । उनका अनुसार यस अस्पतालमा क्यान्सरका दिग्गज चिकित्सकहरुको लगानी छ । छतमा हेलिप्याडसमेत रहने गरी न्यूटन अस्पताल निर्माण भइरहेको छ ।

डा भक्तमान श्रेष्ठ चितवनमा एकपछि अर्को क्यान्सरका अस्पतालहरु थपिँदै गइरहेको बताउँछन् । उनी भन्छन्, ‘चितवन क्यान्सर रोगको उपचारको लागि पनि एउटा हबको रुपमा विकास भइरहेको छ ।’

नेपालमा बर्सेनि १५ हजारभन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार खानपानमा ध्यान पु¥याएमात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुनेछ ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram