कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पुग्न सकेको छैन भरतपुर महानगरपालिका राजस्व संकलनमा लक्ष्यनजिक

भरतपुर । भरतपुर महानगरपालिका राजस्व संकलनमा लक्ष्यनजिक पनि पुग्न सकेको छैन । कोरोनाको कहर, आर्थिक मन्दीलगायतका प्रमुख कारणले राजस्व संकलनको लक्ष्यमा पुग्न नसकिएको भरतपुर महानगरले जनाएको छ ।
कोरोना कहर सुरू भएयता भरतपुर महानगर राजस्व संकलनमा लक्ष्यनजिक पनि पुग्न सकेको छैन । बर्सेनि भरतपुर महानगरको राजस्व संकलनमा कमी आइरहेको छ । आर्थिक वर्ष २०७९÷८० को पछिल्लो ६ महिना ९साउनदेखि पुससम्म०मा भरतपुर महानगरको राजस्व संकलनमा निकै कमी आएको छ । यही आधारले राजस्व संकलन हुने हो भने आन्तरिक खर्च धान्न पनि भरतपुर महानगरलाई हम्मे पर्ने देखिन्छ ।
भरतपुर महानगरले चालू आर्थिक वर्षका लागि १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । पछिल्लो ६ महिनाको राजस्व संकलनलाई हेर्ने हो भने महानगरले राजस्व संकलनमा लक्ष्यनजिक पनि पुग्ने देखिँदैन । भरतपुर महानगरले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा लक्ष्यको २७ प्रतिशतमात्रै राजस्व संकलन भएको जनाएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरको राजस्व संकलनमा कमी आएको बताइन् । उनले लक्ष्य भेट्टाउने गरी कामलाई अघि बढाइने बताइन् । प्रमुख दाहालले भनिन्, ‘आर्थिक क्षेत्र फस्टाउन नसक्दा, कोभिडको कहरले व्यवसायलाई गाल्दा र पछिल्लो समय बैंकले ऋण प्रवाह नगर्दा राजस्व संकलनमा कमी आएको छ, यसलाई सुधार गरेर लैजान जरूरी छ ।’
भरतपुर महानगरपालिकामा बिहीबार भएको आर्थिक वर्ष ०७९र०८० सालको कर अभियानको उद्घाटन कार्यक्रममा मेयर दाहालले राजस्व संकलनमा कमी आउन नदिने बताइन् ।
महानगरपालिका हुनलाई न्यूनतम १ अर्ब आन्तरिक आम्दानी हुनुपर्ने कानुनी प्रावधान छ, तर महानगरको आन्तरिक आम्दानी यस आर्थिक वर्षमा त्यति नहुने देखिएको छ । महानगरपालिका प्रमुख दाहालले अहिलेको राजस्व संकलनको अवस्था हेर्दा चालू आर्थिक वर्षमा १ अर्ब संकलन हुन नसक्ने सङ्केत देखिएको बताइन् ।
‘भरतपुरको राजस्व संकलनको अवस्था निकै टीठलाग्दो देखिएको छ’, प्रमुख दाहालले भनिन्, ‘करको दायरालाई फराकिलो पार्दै संकलनमा महानगरको लक्ष्य पूरा गर्नुपर्ने आवश्यकता छ ।’ कर अभियानलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको प्रमुख दाहालले बताइन् । भरतपुरको सबैभन्दा बढी कर उठ्ने घर बहाल करलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
यसैबीच, बिहीबार कर अभियान कार्यक्रममा राजस्व महाशाखा प्रमुख विसुराम कुँवरले आफ्नो घरको घर बहाल कर तिरेर अभियानको उद्घाटन गरेका छन् । घर बहाल करको रसिद महानगर प्रमुख दाहालले महाशाखा प्रमुख कुँवरलाई हस्तान्तरण गरेकी थिइन् ।
महानगरपालिकाको आन्तरिक आम्दानीले विकासमा धेरै बजेट लगाउन नमिल्ने देखिएको छ । अब भरतपुरको विकास निर्माणमा केन्द्र र प्रदेश सरकारको बजेट पर्नुपर्ने देखिएको छ । महानगरपालिकाले आफ्नो आन्तरिक आम्दानी कम भए पनि केन्द्र र प्रदेश सरकारको बजेटबाट ठूला गौरवका आयोजनाहरुका काम गरिरहेको छ ।
यस्तै, भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ मा पनि राजस्व संंकलनमा कमी आएको थियो । आर्थिक वर्ष २०७६र०७७ को तुलनामा २०७७र०७८ मा ४ दशमलब ४१ प्रतिशतले राजस्व संकलनमा कमी आएको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आन्तरिक आयमा कमी आएको हो ।
२०७८र०७९ मा भरतपुर महानगरले आन्तरिक आयबाट एक अर्ब २० करोड राजस्व संकलन गर्ने जनाए पनि लक्ष्य प्राप्त हुन सकेन ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

