चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
मानवीय गतिविधिका कारण सिमसार क्षेत्र तीव्ररुपमा मेटिँदै

कसरा । मानवीय गतिविधिका कारण सिमसार क्षेत्र तीव्ररुपमा मेटिँदै गएको सरोकारवालाहरुले बताएका छन् । सिमसार स्वच्छ पानीको स्रोतसमेत भएकाले सिमसार लोप हुँदै गए कुनै बेला पिउने पानीको सङ्कट निम्तिन सक्ने उनीहरुको भनाइ छ । सिमसार क्षेत्रको संरक्षणका लागि विश्वव्यापीरुपमा सिमसार दिवस मनाउने गरिन्छ ।
नेपालमा यसवर्षको विश्व सिमसार दिवस ‘आजको आवश्यकता ः सिमसारको पुनस्र्थापना’ भन्ने नारासहित मनाइएको छ । काठमाडौँ विश्वविद्यालयका प्राडा सुबोध शर्मा विविध कारणले नेपालका तालहरु खतराको तहमा पुगेको बताउँछन् । तालमा प्रदूषण, मिचाहा प्रजातिका वनस्पति, मानवबस्ती विस्तार, ढुङ्गा–माटोले पुरिएर र पानी सुकाएर अन्य प्रयोजनका रुपमा प्रयोग गर्ने प्रवृत्ति रहेको उनले बताए ।
नेपालमा आठ हजार ८७२ भन्दा बढी प्रजातिका जीव सिमसार क्षेत्रमा पाइन्छन् । चितवनको नारायणी, राप्ती र रिउ नदी यहाँको रक्तप्रणालीका रुपमा रहेका छन् । तर, नदीकिनारमा स्थापना भएका उद्योगहरुले नदीमै बिनाप्रशोधित फोहोर फालिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका ८३ वटा सिमसार क्षेत्रमध्ये ५८ वटा क्षेत्रलाई तत्कालै संरक्षण गर्नुपर्ने अवस्था रहेको शर्मा बताउँछन् ।
‘५८ वटा सिमसार क्षेत्र तत्कालै संरक्षण गर्नुपर्ने अवस्थामा छन् । सिमसार क्षेत्रहरु घाँसे मैदानमा परिणत भएका छन् । चितवन राष्ट्रिय निकुञ्जका अधिकांश सिमसार क्षेत्रमा माटो क्षरण चुनौतीका रुपमा देखिएको छ’, उनी भन्छन्, ‘जम्मा पाँचवटा सिमसार क्षेत्र उत्कृष्ट देखिएका छन् ।’
चितवन राष्ट्रिय निकुञ्जमा राष्ट्रियरुपमा सङ्कटमा परेका २७ प्रतिशत चरा, ८५ प्रतिशत स्तनधारी प्राणी, २४ प्रतिशत संरक्षित वनस्पति र ३१८ प्रकारका बिरूवा रहेको उनले बताए । ‘वन क्षेत्रभन्दा सिमसार क्षेत्र तीन गुणा बढीले हराउँदै गएको छ । त्यस कारण सिमसारमा पाइने प्रजाति पनि लोप हुँदै गएका छन्’, उनले भने ।
वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालले सिमसार क्षेत्रको संरक्षणमा तीन तहकै सरकारको मह¤वपूर्ण जिम्मेवारी रहेको बताए । ‘वातावरणको क्षेत्र ठूलो छ । यो क्षेत्रमा तीन तहकै सरकारले गरिरहेका कामको जानकारी भयो भने कहाँनेर अपुग भएको छ त्यसलाई समेट्न सजिलो हुनेछ’, उनले भने । वातावरण क्षेत्रमा रहेका समस्यालाई आधारभूत तहमै समाधान गर्न नसक्ने हो भने त्यसले भयावह अवस्था लिन सक्ने उनको भनाइ थियो ।
प्रदेश सरकारले सिमसार क्षेत्रको व्यवस्थापनका लागि यसवर्ष छ करोड ६३ लाख रूपैयाँ विनियोजन गरेको सचिव दाहालले बताए । चितवनका दुईवटा सामुदायिक वनमा सिमसार व्यवस्थापन गर्न ३० लाख रूपैयाँ बजेट छुट्टयाइएको उनले जानकारी दिए । सिमसारको व्यवस्थापन स्थानीय तहबाट सुरू नहुने हो भने मानव अस्तित्व सङ्कटमा पर्ने उनी बताउँछन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वनजंगल र नदीको संरक्षणसँगै जनावरबाट मानवबस्तीमा परेको जोखिमको व्यवस्थापन गर्ने जिम्मा पनि स्थानीय तहको रहेको बताइन् । नदी मानवजातिका लागि भविष्य भएको भन्दै उनले त्यसलाई सही ढङ्गले व्यवस्थापन गर्ने प्रयास भइरहेको बताइन् । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले माडीवासीको सुरक्षाको ग्यारेन्टी भए स्थानीयले नै वनजंगल र जनावरको संरक्षणमा पूरा योगदान गर्न सक्ने बताइन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। महेश्वर ढकालले सिमसारकै कारण वन्यजन्तु र मानवको अस्तित्व रहेको बताए । वन तथा भू–संरक्षण विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले मानवले प्रकृतिको भाषा बुझ्न नजान्दा प्रकृतिले जलवायु परिवर्तनको बन्दुक समातेको टिप्पणी गरे ।
२० गोही राप्तीमा छाडियो
सिमसार दिवसको अवसरमा बिहीबार कसरास्थित राप्ती नदीमा २० वटा घडियाल गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गोही प्रजनन केन्द्रमा हुर्काएका गोहीलाई विभिन्न नदीमा छाड्दै आएको छ ।
चालू आर्थिक वर्ष २०७९र८० मा एक हजार ६९२ वटा घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गोहीको प्राकृतिक बासस्थान नदी नै हो । स्वच्छ पानी भएको नदीमा गोही बस्छन् ।
तिवारीका अनुसार राप्तीमा ९०२, नारायणी नदीमा ४१९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छाडिएको छ ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]