कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै

काठमाडौँ, माघ १९(
५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै आएको छ । हरियो पुच्छ्रेतारालाई यो हप्ताभरी नेपालबाट पनि दूरबिनको सहायताले देख्न सकिने खगोलविद्ले बताएका छन् । तर, सहरी क्षेत्रबाट भने देखिने सम्भावना कम छ । यो पुच्छ्रेतारा हेर्नका लागि अग्लो ठाउँमा जानुपर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
प्रकाश र प्रदूषण बढी हुने सहरी क्षेत्रबाट देखिने सम्भावना कम भएको उहाँले बताउनुभयो । ‘काठमाण्डौलगायतका सहरमा यो ताराको चमकभन्दा बढी प्रकाश र प्रदूषण छ’, उहाँले भन्नुभयो– ‘त्यसैले डाँडाकाँडाबाट मात्रै यसलाई देखिने सम्भावना छ ।’ यसअघि नाङ्गो आँखाले पनि यो तारा देख्न सकिने अनुमान गरिए पनि त्यो सम्भावना कम हुँदै गएको भट्टराईले बताउनुभयो । खगोलशास्त्री भट्टराईका अनुसार मध्यरातमा दूरबिनको प्रयोग गरेर पनि पुच्छ्रेतारा हेर्न सकिन्छ ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकका अनुसार यो पुच्छ्रेतारा गएको वर्ष मार्च महिनामा पहिलो पटक देखिएको थियो । त्यतिबेला यो पिण्ड वृहस्पति ग्रहको कक्षभित्र थियो । वैज्ञानिकका अनुसार यो पुच्छ्रेतारा बरफ, धुलो र चट्टान मिलेर बनेको हुन्छ । उत्तरी गोलार्द्धमा दूरबिनबाट हेर्दा यो पिण्डलाई सानो हरियो बत्तीजस्तो देख्न सकिन्छ ।
पुच्छ्रेताराहरू अनुमान गर्न नसकिने खालका हुने नासाले जनाएको छ । यसअघि जनवरी १२ तारिखमा यो पुच्छ्रेतारा सूर्यनजिकै पुगेको थियो । कुनै एउटा पिण्ड चिसो वायुमण्डलमा विकास हुने र आफ्नो गतिमा चल्दै सौर्यमण्डल पुग्दा सूर्यको गुरुत्वाकर्षणले आफूतर्फ तान्ने भएकाले त्यो अन्तरक्रियाको क्रममा एउटा चित्ताकर्षक खगोलीय वस्तु बन्ने र त्यो वस्तु नै पुच्छ्रेतारा भएको वैज्ञानिकहरुको भनाइ छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

