Listen Live: 

चुनाव लड्न रवि लामिछाने फेरि चितवन २ मा आउँछन् कि आउँदैनन् भन्ने आम चासो

Radio Chitwan
बिहिबार, माघ १९, २०७९

चितवन, माघ १९–

चितवन क्षेत्र नं २ बाट भारी मत ल्याएर निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भइसकेको छ । लामिछानेको नागरिकता वैध नभएको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो । सांसदमा निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्रीका रुपमा काम गरेको ३२ दिनमा उनको पद गएको थियो । सांसदविहिन भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ । तर उपनिर्वाचनको मिति तोकिएको छैन ।

रविले प्रक्रिया पुरा गरेर पुनः नागरिकता लिइसकेका छन् । चुनाव लड्न उनी फेरि चितवन २ मा आउँछन् कि आउँदैनन् भन्ने आम चासो रहेको छ । चितवन २ सांसदविहिन हुन पुग्दा रविका प्रतिस्पर्धीहरुले विभिन्न टिप्पणी गर्न थालेका छन् । रविको राहदानी सम्बन्धि मुद्धा अझै निश्कर्षमा पुगेको छैन ।

मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता एवम् तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मतान्तरले पराजित भएका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए । पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । समानुपातिक मतमा पनि कांग्रेस र एमाले रास्वपाभन्दा निकै पछाडि परेको पाइन्छ । रास्वपाले चितवन–२ मा ३५ हजार ९४५ मत पाउँदा एमालेले १६ हजार ७८४ मत पाएको थियो भने कांग्रेसको मत १२ हजार १३२ मत मात्र थियो ।

चितवन–२ मा लामिछानेको ‘हावाहुरी’ को वेगले पछारिएका अन्य उम्मेदवारको मनोविज्ञान के छ भन्ने कौतुहलता समेत धेरैमा देखिन्छ । उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठले उपनिर्वाचनको विषयमा राष्ट्रपतिको निर्वाचनपछि मात्रै आफु निर्णयमा पुग्ने बताउँछन् ।

‘राष्ट्रपतिको निर्वाचन सकियोस् । उपनिर्वाचनको माहोल कसरी बन्छ रु पार्टीले निर्णय गरेको अवस्थामा म उम्मेदवारी दिनसक्छु,’ उनले भने, ‘तर अब म हार्ने चुनाव लड्दिनँ । उपनिर्वाचन जित्नै पर्छ । जसले जित्छ उसैले चुनाव लड्छ । राष्ट्रपतिको चुनावपछि मैले निर्णय गर्छु ।’

लामिछानेको उम्मेदवार खारेजी भएमा दोस्रो भएको उम्मेदवार निर्वाचित हुन्छ भनेर केही वरिष्ठ वकिलबाट आफूलाई सुझाव आएको समेत श्रेष्ठ बताउँछन् । ‘कतिपय वरिष्ठ वकिलले रवि लामिछानेको उम्मेदवारी नै खारेज भयो । निर्वाचन आयोगले निर्णय नगरिदिँदा तपाईको अधिकार हनन भयो भनेका छन्,’ श्रेष्ठ भन्छन्, ‘मुद्दा हाल्नु भन्ने सुझाव पनि आएको छ । तर म नहुने कुरा गर्दिनँ । बुझेर र विचार गेर मात्र अगाडि बढ्छु । म कसैको लहैलहैमा लाग्ने छैन ।’

चितवन–२ विशेष परिस्थितिमा सांसदविहीन भएको उनको बुझाइ छ । ‘सांसदको निधन भएको अन्य केही भएको होइन । गैरनागरिकले चुनाव लड्दा आएको परिस्थिति हो । सबैसँग छलफल गरेर मुद्दा हाल्ने वा नहाल्ने निष्कर्षमा पुग्छु,’श्रेष्ठको भनाइ छ । निर्वाचनका बेला लामिछानेको उम्मेदवारविरुद्ध परेको उजुरीमाथि निर्वाचन आयोगले निर्णय नगरिदिँदा आफू सांसद बन्नबाट बञ्चित भएको उनको भनाइ छ ।

‘यस्तो हुन्छ भनेर उहाँको उम्मेदवारीविरुद्ध उजुरी हालिएको हो । तर त्यतिबेला निर्वाचन आयोगले निर्णय लिन सकेन । उम्मेदवारी खारेज गरिदिएको भए मेरो जित भैहाल्थ्यो’, श्रेष्ठले विगतलाई सम्झिए ।

‘कांग्रेसका साथीहरुसँग पनि सल्लाह गर्छु । स्थानीय प्रबुद्ध व्यक्तिसँग सल्लाह गर्छु । शिक्षक र कर्मचारीसँग पनि सल्लाह गर्छु । उहाँहरुले फेरि पनि तपाई नै चुनाव लड्नुपर्छ भनेपछिमात्रै लड्छु’, चितवन– २ मा उपनिर्वाचन हुने देखिएपछि पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेटेर आफूले भनेको श्रेष्ठले बताए ।

यता मंसिरमा तेस्रो मत पाएका एमाले उम्मेदवार कृष्णभक्त पोखरेलमा आफूले उपनिर्वाचन फेस गर्न नपाउने होकी भन्ने चिन्ता देखिएको छ । सत्ता गठबन्धनमा एमालेतिर ढल्किएको रास्वपालाई नै पार्टी नेतृत्वले उपनिर्वाचन छाडिदिने होकी भन्ने पोखरेलको मनमा परेको छ ।

उनले भने, ‘चितवन–२ का सन्दर्भमा मेरो व्यक्तिगत धारणाभन्दा पनि पार्टीकै धारणा आउँछ । त्यहाँबाट दुई पटकसम्म जितेको सांसद हुँ । तर यो पटक एउटा टेलिभिजन प्रस्तोताको पक्षमा हुईम आयो । हुईमले काम गर्‍यो ।’ उनका अनुसार अहिले लामिछानेको नागरिकताको विषय टुंगिएपनि राहदानीको विषय बाँकी नै छ ।

‘यस्तो अवस्थामा रविजी आफै चुनाव लड्न आउनुहुन्छ कि आउनु हुँदैन भनेर सिंगो राष्ट्रले हेरिरहेको छ । हामीले पनि हेरिरहेका छौं । जहाँसम्म मेरो कुरामा पार्टी निर्णयमा भरपर्छ । प्रतिस्पर्धामा जा भने तयार छु, नजा भने पनि तयारै छु’, उपनिर्वाचबारे एमालेभित्र परामर्श भइनसकेको उनको भनाइ छ ।

‘चुनौती दिएर मतगणना राखेको भए दोस्रो हुने व्यक्ति स्वतः निर्वाचित हुने अवस्था आउथ्यो । चितवन–२ मा उपनिर्वाचन गर्नुपर्ने यो अवस्था आउने थिएन,’ उनले भने । ‘पार्टीका केही नेताहरुसँग कुुरा गर्दा पार्टीभित्र यस विषयमा परामर्श नै भएको छैन भन्नुभयो । परामर्श हुँदा जिल्लाका साथीहरु र तपाईसँग परामर्श भइहाल्छ भन्ने जवाफ पाएको छु,’ पोखरेलको भनाइ छ ।

वरिष्ठ अधिवक्ता समेत रहेका पोखरेल उपनिर्वाचन हुनेमा भने ढुक्क छन् । उनी भन्छन्, ‘निर्वाचनमा दोस्रो भएको व्यक्ति स्वतः विजयी हुने अवस्था छैन । निर्वाचनको परिणाम घोषणाअघि भएको भए हुन्थ्यो । परिणाम घोषणा भइसकेपछि हुँदैन । त्यसमा विवाद नै छैन । परिणाम घोषणापछि उपनिर्वाचन गर्नुपर्छ ।’

संसदको अयोग्यता सम्बन्धि आफूहरुले कुनै चुनौती नदिएकोमा अहिले उनलाई ग्लानी भइरहेको छ । ‘चुनौती दिएर मतगणना राखेको भए दोस्रो हुने व्यक्ति स्वतः निर्वाचित हुने अवस्था आउथ्यो । चितवन–२ मा उपनिर्वाचन गर्नुपर्ने यो अवस्था आउने थिएन,’ उनले भने ।

यसअघि चितवन –२ मा लामिछानेको जितलाई उनी एउटा हुलहुज्जत र हावाहुरीको संज्ञा दिन्छन् । ‘कहिले काही ‘रुल अफ द ल नभइ हुल अफ द ल’ परिस्थिति पनि हामीले ब्यहोर्नु परेको छ । चितवन–२ मा हामीले त्यो ब्यहोर्नु पर्‍यो,’ पोखरेलको भनाइ छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram