रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
सिडिओ पौडेलले राष्ट्रिय परिचयपत्र र राहदानी वितरण सहज बनाउने

चितवन, माघ १९–
चितवन आएका नयाँ प्रमुख जिल्ला अधिकारी ९सिडिओ० सुरेन्द्र पौडेलले बुधबार जिल्लाका सञ्चारकर्मीसँग साक्षात्कार गरेका छन् । केहि दिनअघि मात्र जिल्लाको जिम्मेवारी सम्हालेका सिडिओ पौडेलले राष्ट्रिय परिचयपत्र र राहदानी वितरण सहज बनाउने बताएका छन् ।
‘पासपोर्टका लागि एक महिनामा ३ हजार जनाले एकैचोटी अग्रिम अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘यसका लागि दैनिक १ सय २० जनाले सेवा लिन सक्नेछन् ।’ साथै उनले राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएको बताए ।
सो अवसरमा बोल्दै प्रजिअ पौडेलले चितवन देशकै केन्द्रबिन्दु रहेकोले पनि यहांँ चुनौतिसंँग अवसर प्राप्त हुने बताए । चितवनमा आफू रहँदा धेरै अनुगमन र हैरानी गर्ने भन्दा पनि शुसासनको प्रणाली स्थापना गर्ने तर्फ बढी ध्यान केन्द्रित गरिने उनको भनाई छ । बिगत २८ बर्षदेखि गृह मन्त्रालय अन्तरगत विभिन्न भुमिकामा रहेर काम गर्दै आएका पौडेल धनुषाको सिडियोबाट सरुवा भई केही दिन अघि मात्र चितवन आएका हुन् ।
पत्रकारसँगको साक्षात्कार कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीद्वय चिरञ्जीवी शर्मा र राजु पौडेलको पनि सहभागिता थिए ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]