Listen Live: 

साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा धार्मिक कार्यक्रम गर्न चाहने भक्तजनको लागि न्युनतम शुल्क निर्धारण

Radio Chitwan
बिहिबार, माघ १९, २०७९

चितवन, माघ १९–

साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा धार्मिक कार्यक्रम गर्न चाहने भक्तजनको लागि न्युनतम शुल्क निर्धारण गरिएको छ । माघ १२ गतेदेखि सुरु भएको महायज्ञमा ब्रतबन्ध र ग्रहशान्ति गर्न पाँच हजार ५००, चौरासी गर्न २१ हजार रुपैयाँ न्युनतम शुल्क तोकिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई भने शुल्क अनिवार्य गरिएको छैन ।

महायज्ञमा एक दिनको समग्र भोजनलाई सहयोग गर्न एक लाख दुई हजार, भक्त प्रसादको लागि ५१ हजार, ब्राह्मणलाई एक दिनको भोजनको लागि ५१ हजार, एक छाक भोजनको लागि २५ हजार ५०० र एक दिनको महाआरतीको लागि दुई हजार ५०० रुपैयाँ सहयोग गर्न सकिने महायज्ञ आयोजकले जनाएको छ ।

महायज्ञको लागि स्वस्फुर्त रुपमा चरु संकलन गर्न गाउँ–गाउँमा ट्रेक्टर परिचालन गरिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल ९भारद्धाज०ले जानकारी दिए । शालग्रोमश्वर शिवलिंग निर्माण अन्तिम चरणमा पुगेको छ भने महायज्ञमा भक्तजनको उपस्थिती बढ्दो रहेको उनले बताए ।

दुई दिनको लागि चरु स्टक रहेको उनले बताए । धार्मिक अनुष्ठानको लागि स्वतस्फुर्त रुपमा चरु संकलन तथा प्रदान गर्न उनले भक्तजनलाई आग्रह गरे । महायज्ञमा दैनिक रक्तदान कार्यक्रम र स्वास्थ्य परीक्षण पनि हुँदै आएको छ । महायज्ञमा हालसम्म १२० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

राप्ती नगरपालिका–१ स्थित लखेश्वर शिवालय मन्दिर, महिला तथा किसान समूह, सिद्धिविनायक मन्दिर, राप्ती–२ का आमा समूह र राप्ती–४ स्थित मुकुन्देश्वर मन्दिर, ऋषेश्वर शिवालय मन्दिर, लक्ष्मी नारायण मन्दिर र विभिन्न समूहले मंगलबार कोटिहोम महायज्ञको लागि हवन सामाग्री र नगद तथा जिन्सी सामाग्री उपलब्ध गराएका थिए ।

कोटिहोम महायज्ञमा सरिक हुन माडीका भक्तजनहरुलाई पनि आग्रह गरिएको छ । माडीमा महायज्ञको प्रचारप्रसार समिति संयोजकमा सुदर्शन सुवेदी चयन भएका छन् । चरु दान गर्न चाहने भक्तजनले रेवेश्वर मन्दिर बरुवा, बसन्तपुरस्थित गुप्तेश्वर मन्दिर, पूर्वी माडीको शनि तथा कालिका मन्दिरलगायत स्थानमा पुगेर दान गर्न सक्ने उनले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram