Listen Live: 

साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा धार्मिक कार्यक्रम गर्न चाहने भक्तजनको लागि न्युनतम शुल्क निर्धारण

Radio Chitwan
बिहिबार, माघ १९, २०७९

चितवन, माघ १९–

साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा धार्मिक कार्यक्रम गर्न चाहने भक्तजनको लागि न्युनतम शुल्क निर्धारण गरिएको छ । माघ १२ गतेदेखि सुरु भएको महायज्ञमा ब्रतबन्ध र ग्रहशान्ति गर्न पाँच हजार ५००, चौरासी गर्न २१ हजार रुपैयाँ न्युनतम शुल्क तोकिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई भने शुल्क अनिवार्य गरिएको छैन ।

महायज्ञमा एक दिनको समग्र भोजनलाई सहयोग गर्न एक लाख दुई हजार, भक्त प्रसादको लागि ५१ हजार, ब्राह्मणलाई एक दिनको भोजनको लागि ५१ हजार, एक छाक भोजनको लागि २५ हजार ५०० र एक दिनको महाआरतीको लागि दुई हजार ५०० रुपैयाँ सहयोग गर्न सकिने महायज्ञ आयोजकले जनाएको छ ।

महायज्ञको लागि स्वस्फुर्त रुपमा चरु संकलन गर्न गाउँ–गाउँमा ट्रेक्टर परिचालन गरिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल ९भारद्धाज०ले जानकारी दिए । शालग्रोमश्वर शिवलिंग निर्माण अन्तिम चरणमा पुगेको छ भने महायज्ञमा भक्तजनको उपस्थिती बढ्दो रहेको उनले बताए ।

दुई दिनको लागि चरु स्टक रहेको उनले बताए । धार्मिक अनुष्ठानको लागि स्वतस्फुर्त रुपमा चरु संकलन तथा प्रदान गर्न उनले भक्तजनलाई आग्रह गरे । महायज्ञमा दैनिक रक्तदान कार्यक्रम र स्वास्थ्य परीक्षण पनि हुँदै आएको छ । महायज्ञमा हालसम्म १२० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

राप्ती नगरपालिका–१ स्थित लखेश्वर शिवालय मन्दिर, महिला तथा किसान समूह, सिद्धिविनायक मन्दिर, राप्ती–२ का आमा समूह र राप्ती–४ स्थित मुकुन्देश्वर मन्दिर, ऋषेश्वर शिवालय मन्दिर, लक्ष्मी नारायण मन्दिर र विभिन्न समूहले मंगलबार कोटिहोम महायज्ञको लागि हवन सामाग्री र नगद तथा जिन्सी सामाग्री उपलब्ध गराएका थिए ।

कोटिहोम महायज्ञमा सरिक हुन माडीका भक्तजनहरुलाई पनि आग्रह गरिएको छ । माडीमा महायज्ञको प्रचारप्रसार समिति संयोजकमा सुदर्शन सुवेदी चयन भएका छन् । चरु दान गर्न चाहने भक्तजनले रेवेश्वर मन्दिर बरुवा, बसन्तपुरस्थित गुप्तेश्वर मन्दिर, पूर्वी माडीको शनि तथा कालिका मन्दिरलगायत स्थानमा पुगेर दान गर्न सक्ने उनले बताए ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram