Listen Live: 

‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ बिहीबार विश्व सिमसार दिवस मनाइँदै

Radio Chitwan
बिहिबार, माघ १९, २०७९

चितवन, माघ १९–

‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ। दिवसको अवसरमा चितवनम विभिन्न कार्यक्रम गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा अन्तरक्रिया तथा घडियाल गोही नदीमा छाड्ने कार्यक्रम राखेको छ ।

नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन्। नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ। पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो।

कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन्। यस्तै गोक्यो तथा आसपासका ताल, माइ पोखरी र पोखरा उपत्यकाका ताल पनि सूचीकृत भइसकेका छन्। तर पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको छ।

मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै यसलाई जोगाउने तथा महत्त्वबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ।

आन्य समाचारहरु:-
September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram