Listen Live: 

नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती

Radio Chitwan
बिहिबार, माघ १९, २०७९

कावासोती, माघ १९(

नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ । नवलपुरतर्फ बग्ने भङ्गालोलाई उत्तरी र चितवनतर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ । यति बेला नारायणीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका हुन्् ।

चितवनतर्फ विकास निर्माण तथा नारायणीको तटबन्धका लागि सेतीदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन् गर्दा गहिरिएर नदीको बहाव दक्षिण भङ्गालोतर्फ सोझिएको छ । नवलपुरको तटीय क्षेत्र सुक्खा भएसँगै यस क्षेत्रबाट चोरी सिकार गर्नेलाई निकुञ्ज प्रवेश सहज हुने भएकाले सुरक्षा चुनौती बढ्ने देखिएको संरक्षणकर्मी डिबी चौधरी बताउनुहुन्छ ।

“पहिले पहिले पौडिएर नारायणी तर्नुपर्ने भएकाले चोरी सिकार गर्नेलाई त्यति सहज थिएन, यति बेला उत्तरी भङ्गालोमा पानीनै नभएपछि निकुञ्जमा प्रवेश सहज भएको छ, यसले निकुञ्जको सुरक्षा चुनौती बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो, “पानी कम हुँदा वन्यजन्तुलाई मात्रै खतरा भएको छैन, जैविक विविधता र नदी आश्रित भएर जीविकोपार्जन गर्ने स्थानीयलाई समेत समस्या भएको छ ।”

नवलपुरको गैँडाकोट, देवचुली, कावासोती भएर बग्ने नारायाणीको उत्तरी भंंगालोमा पानीको बहाव कम हुँदा निकुञ्जका जनावार सहजै मानव बस्तीमा प्रवेश गर्ने क्रम बढको छ । यसले मानव र वन्यजन्तुबीच द्वन्द्व मात्रै बढने नभएर वन्यजन्तु संरक्षणमा गम्भीर असर पर्ने देखिएको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेल बताउनुहुन्छ । नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म वन्यजन्तु देख्न सकिने भएकाले तस्करलाई सहज भएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।

विकास निर्माणका लागि नदी उत्खनन् गर्दा पानीको बहाव दक्षिणी भङ्गालोमा नारायणीको पानी निकै कम भएकाले जैविक विविधता मात्रै होइन निकुञ्जको सुरक्षामा चुनौती थपिएको भन्दै संरक्षणकर्मी विष्णु अधिकारी बहावलाई पूर्ववर्तीरुपमा फर्काउनुपर्ने बताउनुहुन्छ ।

“शिख्रौलीदेखि अमलटारी घाटसम्म पानीको बहाव एकदमै कम छ, कतै हिँडेर पार गर्नसम्म सकिन्छ यसले निकुञ्जभित्र प्रवेश गर्ने जो कोहीलाई पनि सहज बनाएको मात्रै छैन निकुञ्जका वन्यजन्तु सहजरुपमा मानव बस्तीमा प्रवेश गर्ने गरेका छन् ।” उहाँले भन्नुभयो, “यसले मानव वन्यजन्तु द्वन्द्व मात्रै बढाउँदैन जैविक विविधता र निकुञ्जको सुरक्षाको विषय माग म्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।”

अघिल्लो सातामात्रै नवलपुरको मध्यबिन्दु नगरपालिका–२ सेहरीमा चोरी सिकारीका कारण दुई गैँडा मारिएपछि निकुञ्नको सुरक्षामा चुनौती थपिएको र चोरी सिकार गर्नेसमेत सक्रिय हुन लागेको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरिरहँदा उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदा आउने समस्याको विषयमा निकुञ्जले गम्भीरतापूर्वक अध्ययन गरिरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । पानीको बहाव पूर्ववर्ती रुपमा फर्काउनका लागि स्थानीय तह, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति तथा सरोकारवालासँग आवश्यक समन्वयलाई निकुञ्जले अगाडि बढाएको उहाँ बताउनुहुन्छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram