Listen Live: 

उनै कँडेलविरुद्ध बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर

Radio Chitwan
बिहिबार, माघ १९, २०७९

चितवन,माघ १९(

शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भीमोदय नमुना माविका प्रधानाध्यापक हरिप्रसाद कँडेललाई चार महिनाअघि बयानमा बोलायो । भ्रष्टाचार मुद्दाको तनावमा परेका कँडेल बेहोस भएर आयोगभित्रै ढले । उनलाई तत्कालै एम्बुलेन्समा अस्पताल लगियो । अस्पतालबाट ठीक भएर उनी घर फर्किए । तर, आयोगमा बयानमा भने फर्किएनन्।

उनले आफू गम्भीर बिरामी भएको भन्दै चितवनको भरतपुर अस्पतालबाट एउटा मेडिकल रिपोर्ट बनाउन लगाए । मुटुको रोग रहेको र हाइपरटेन्सनको समस्या भएकाले तीन महिना पूर्ण रूपमा आराम गर्नुपर्ने पत्रमा लेखिएको थियो । त्यही पत्र देखाएर उनले आयोगलाई टार्ने प्रयास गरे । तर, आयोगले बुझ्दा उनी विभिन्न कार्यक्रममा गइरहेका हुन्थे ।

यो थाहा पाएपछि आयोगले उनलाई बयानका लागि उपस्थित हुन भन्दै ३ पुसमा प्रहरीमार्फत म्याद तामेल गर्यो । तैपनि उनी आएनन् । १३ र १४ पुसमा गोरखापत्रमा सूचना निकाल्यो । त्यति गर्दा पनि उनी उपस्थित भएनन् । त्यसपछि आयोगले उनी गम्भीर बिरामी रहेको भन्दै पत्र लेख्ने भरतपुर अस्पतालसँग बुझ्यो । त्यसक्रममा तीन महिना स्कुलबाट बिदा चाहिने भएकाले व्यक्तिगत चिनजानका आधारमा त्यस्तो पत्र बनाइदिन आग्रह गरेको खुल्यो ।

त्यसपछि आयोगले अस्पताललाई पत्र नै पठाएर स्पष्टीकरण माग्यो । जसमा अस्पतालका मेडिकल सुपरिटेन्डटेन्डले जवाफ लेखे, ‘थप उपचार गर्न तीन महिना बिदा पाए सजिलो हुन्थ्यो भन्ने निजको आग्रहसमेत विचार गरी तीन महिना आराम गर्न सिफारिस गरेको हुँ ।’ अस्पतालबाट झुटो विवरणको रिपोर्ट बनाएको आयोगले पत्ता लगाएपछि बल्ल उनी बयानमा उपस्थित भए । उनै कँडेलविरुद्ध बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२५ भदौ ०६३ मा तृतीय तहको शिक्षकबाट जागिर सुरु गरेका कँडेलको प्रवीणता प्रमाणपत्र तथा स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको आयोगको दाबी छ । उनले भारतको मगध विश्वविद्यालय, बिहार बोधगयाबाट स्नातक तथा महाराष्ट्र स्टेट बोर्ड अफ पुनेबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनेर प्रमाणपत्र पेस गरी शिक्षकको स्थायी जागिर खाएका थिए ।

१७ मे २००० मा उनले स्नातक उत्तीर्णको समकक्षता पेस गरेका थिए । सो समकक्षता नै जारी नभएको भनेर त्रिभुवन विश्वविद्यालयको, पाठ्यक्रम विकास केन्द्रले आयोगलाई जानकारी गराएको छ । त्यस्तै, चितवनको वीरेन्द्र क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेको उनको दाबी थियो । तर, भर्ना भए पनि उनी फेल भएको जवाफ कलेजले आयोगलाई गरायो । दुईवटा शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर भएको हो ।

बयानको क्रममा कँडेलले प्रमाणपत्र तहको विवरण भर्दा आफूले गल्ती गरेको र भारतबाट उत्तीर्ण गरेको दाबी गरेका छन् । स्नातकको समकक्षता भने सक्कली नै भएको बयानमा दाबी गरेका छन् । उनी कांग्रेसनिकट शिक्षक संघको राजनीतिमा पनि सक्रिय रहँदै आएका छन् । कँडेलले आफूले सिंघानिया विश्वविद्यालयबाट पिएचडीसमेत गरेको दाबी गर्दै आएका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram