राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुलचोक ६ लेन सडकको म्याद थप्ने तयारी

चितवन, माघ १७–
भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुलचोक ६ लेन सडकको म्याद थप्ने तयारी थालिएको छ । म्याद सकिन २३ दिन रहँदा इन्डो सगुन जेभी बुटवलले सडकको भौतिक प्रगति ६० प्रतिशत मात्रै पूरा गरेपछि म्याद थपको तयारी भइरहेको छ ।
समयमा काम नसकिने भएपछि यहाँका स्थानीय र व्यवसायीलाई भने चिन्तित बनाएको छ । सडकका कारण व्यापार नहुँदा व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको क्युमिन थाली किचन चौबिसकोठीकी सञ्चालक कल्पना पौडेल खड्काले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कोरोनाले थला परेको व्यवसाय जुरमुराउन के थालेको थियो सडक निर्माणको काम शुरु भयो । पसलहरुको अगाडि गिटी डम्पिङ गरेर राखिदिएका छन् । धुलाम्य भएको होटल सफा गर्नको लागि मात्र सटर खोलेको हो । व्यापार ठप्प भएर करिब एक वर्षदेखि होटल बन्द जस्तै छ ।’
होटलमा कार्यरत कर्मचारीलाई तलब र घर भाडा तिर्ने आम्दानी समेत हुन नसकेको खड्काले सुनाउनुभयो । ‘भरतपुर बजार जस्तो क्षेत्रमा आवत–जावत धेरै देखिन्छ । तर, कर्मचारीलाई पारिश्रमिक र घरधनीलाई घरभाडा कसरी तिर्ने दोधार भइरहेको छ’, उहाँले भन्नुभयो । खड्का फेरि पनि बर्खाको पानीले सताउँछ कि भन्ने चिन्तामा समेत रहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘नाला निर्माण नहुँदा गत बर्खामा धेरै सास्ती खेप्नु प¥यो । होटल अगाडि एक–दुई फिट पानी जम्मा भएको थियो । छिटो–छरितो काम नसकिए आउने बर्खामा फेरि डुबानको समस्यामा पर्ने भैयो ।’ स्थानीय रामचन्द्र सुवेदीले सडक र अन्य निकायबीच समन्वय बिना काम गर्दा बारम्बार खोतल्ने काम मात्र भएको जीकिर गर्नुभयो । केन्द्रीय बसपार्कका सुवेदीले भन्नुभयो, ‘नालाको काम सकिन्छ त्यसपछि खानेपानीको आएर खोतल्छन् । उनीहरु जान्छन् विद्युत्का तार भूमीगत गर्न आइपुग्छन् । उनीहरु बीच समन्वय नहुँदा हामीले दुःख पाएका छौं ।’
निर्माणसँग सम्बन्धीत सबै सरोकारवाला मिलेर काम गरे कम खर्च र समयको बचत हुने धारणा सुवेदीको थियो । निर्माण कार्यमा जनस्वास्थ्यका विषयलाई पनि ध्यानमा राख्नुपर्ने उहाँको भनाइ छ । ‘सडक निर्माणको काममा धूलो उड्नु नौलो कुरा होइन तर सम्बन्धीत निकायले धूलोबाट हुने स्वास्थ्य समस्यालाई ख्याल राखी न्यूनीकरण गर्नतर्फ पनि लाग्नुपर्छ । एक पटक फुरुरु पानी छ¥यो सकियो । कमसेकम बिहान र दिउँसो दुई पटक सडकमा पानी छर्नुपर्छ’, उहाँले भन्नुभयो ।
पैदलयात्री पञ्चमाया तामाङले मुख्य बजार क्षेत्रको काम चाँडो–चाँडो सकिए पैदलयात्रीले राहत पाउने धारणा राख्नुभयो । ‘अहिले सडक पेटीमा हिँड्ने वातावरण छैन’ उहाँले भननुभयो, ‘सवारीसाधनको चापले बाटो काट्न त्रासपूर्ण अवस्था छ । विकासको काममा केही सास्ती हामीले पनि सहनुपर्छ भन्नेमा दुई मत छैन तर छिटो–छिटो काम सकिए पैदलयात्रीदेखि सबैलाई सहज हुने थियो ।’ गोर्खादेखि बिरामी भेट्न भरतपुर अस्पताल आउनुभएको तामाङले सडक निर्माण पूर्ण भएपछि भने आकर्षक देखिने विश्वास राख्नुभयो ।
ट्राफिक व्यवस्थापनमा चुनौती
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले सडक दुर्घटना हुन नदिन सजक रहेको बताउनुभयो ।
‘पूर्व–पश्चिम जोड्ने यसबाटोमा भरतपुर एरपोर्ट, यातायात कार्यालय, अस्पताल, बैंकहरु लगायत अन्य व्यवसायहरु छन् । प्रमुख बजार क्षेत्र भएकाले पनि यहाँ मानिस र सवारी साधनको भीड छ । सडक निर्माणले झनै असहज वातावरण छ । यसले हामीलाई ट्राफिक व्यवस्थापनमा असाध्यै गाह्रो बनाएको छ भने चुनौती खडा गरेको छ । तर विकास निर्माणको काममा कुनै ठूलो दुर्घटना हुन नदिन हामी सचेत भएर लागेका छौंँ’ उहाँले भन्नुभयो ।
प्रमुख अधिकारीले गोन्द्राङ, पुलचोक सडकमा तैनाथ रहँदा पनि सामान्य सडक घटना भने भैरहेको जानकारी दिनुभयो । निर्माणको कामले अस्तव्यस्त भएको सडकमा सवारी चालक र पैदल यात्रीको गैरजिम्मेवारपनले पनि दुर्घटना निम्ताउने उहाँले अवगत गराउनुभयो ।
इन्डो सगुन जेभी बुटवलका इन्जिनीयर सुनील पौडेलले म्याद थप गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फागुन १० गते म्याद सकिँदै छ । ४० प्रतिशत काम अझै बाँकी नै छ । म्याद थप्ने तयारीमा छौँ ।’ पौडेलले निर्माण सामग्रीको अभाव नरहे असार मसान्तसम्म काम सकिनेमा जोड दिनुभयो ।
‘कामको सुरुआती चरणमा कोभिडको प्रभाव विकास निर्माणमा प¥यो । अवस्था सामान्य बन्दै गएको अवस्थामा पुनः क्रसर उद्योग बन्द हुँदा गत तीन महिना हामीले केही काम नै गर्न सकेका थिएनौँ । अहिले बल्ल निर्माण सामग्री पाहिएको छ । सामग्रीको अभावले म्याद थप्नुपर्ने बाध्यता परेको हो । नत्र समयमै सकिन्थ्यो । अहिलेको जस्तै अवस्था रहे असार मसान्तसम्म काम सक्छौं’, उहाँले भन्नुभयो ।
इन्जिनियर पौडेलले दुरदृष्टीका साथ काम शुरु भएकाले नआत्तिन व्यवसायी तथा स्थानीयलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘बजार क्षेत्रलाई धेरै प्रभाव नपरोस् तथा व्यवसायमा धेरै नोक्सानी नहोस् भनेर तीन खण्डमा काम गरेका छौँ । गोन्द्राङदेखि केन्द्रीय बस पार्कसम्मको काम अन्तिम चरणमा छ । केन्द्रीय बस पार्कदेखि चौबिसकोठीसम्मको बाटोमा डे«न, सब बेस, बेस लगायतको काम भैरहेको छ । चौबिस कोठीदेखि पुलचोकसम्मको सडकको कालोपत्रे भत्काउने काम भर्खर सुरु गरेका छौँ । जतिसक्दो नोक्सानीलाई कम गरेर हामीले काम गरिरहेका छौँ ।’
सडक डिभिजन कार्यालय भरतपुरले जेभीसँग वि।स। २०७७ असोज २६ गते ठेक्का सम्झौता गरेको थियो । एक अर्ब १२ करोड ४५ लाख ४५ हजार ३४९ रुपैयाँ ६८ पैसामा जेभीले ठेक्का लिएको थियो । अहिलेसम्म जेभीले ५० प्रतिशत भुक्तानी लिसकेको छ ।
६।०८ किलोमिटर लामो ५० मिटर चौडाइको यस सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजना रहेको सडक डिभिजन कार्यालयका ईन्जिनियर राजिव मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६ लेनको बाटोको बीचमा ४ मिटरको मेडियन हुने छ । यसको मेडियनको दायाँबायाँ ९।५र९।५ मिटरको एक्सप्रेस लेन हुन्छ । जसमा हाई स्पीडका सवारी साधन चल्ने छन् । ५।५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन हुन्छ । जसमा लोकल सवारीसाधन चल्ने छन् ।
त्यसपछि नाली र फुटपाथ रहने सडकको शोरुप रहेको मानन्धरले बताउनुभयो । साथै फुटपाथ अपांगमैत्री हुने बताउनुभयो ।
यस सडकमा डाइरेक्ट एक्जीस्ट नहुने उहाँले बताउनुभयो । ६ वटा एक्जीस्ट दिने त्यहीबाट सडक पार गर्नुपर्ने उहाँले बताउनुभयो । बीचको भागमा हरियालीसहितका फूलहरु रोपिनेछ । यही सडकखण्डमा विद्युत लाइन भूमिगत गर्ने योजनासमेत प्राधिकरणले बनाएको छ । जसको काम भैरेको छ । सडकका दुवैतर्फ स्मार्ट लाइट रहनेछन् ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]