कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको सहभागीता बढ्दै

चितवन । नारायणी नदी किनारमा माघ १२ गतेदेखि सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ । एक महिने महायज्ञको पाचौँ दिन सोमबार दुई हजार भक्तजन महायज्ञमा सहभागी भएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल ९भारद्धाज०ले जानकारी दिए ।
त्यस्तै, सोमबार करिब ९०० किलो चरु संकलन भएको उनले बताए । विभिन्न भक्तजन, आमा समूह र टोल विकास संस्थाले आर्थिक सहयोग गर्ने क्रम पनि बढेको उनले बताए । महायज्ञ परिसरमा पछिल्लो तीन दिनयता खुल्ला रक्तदान कार्यक्रमको आयोजना पनि गरिएको छ । दुई दिनदेखि स्वास्थ्य शिविर पनि सञ्चालन गर्न थालिएको कँडेलले बताए ।
राष्ट्रगुरु योगी नरहरीनाथ गुरुका उत्तराधिकारी स्वामी शृषनाथले महायज्ञको अवलोकन गरेको उनले जानकारी दिए । महायज्ञमा शालग्रामेश्वर शिवलिंग बनाउन कृष्णगण्डकीबाट शिला ल्याइदै छ । १०८ शालग्राम राखेर शालग्रामेश्वर शिवलिंग बनाइने उनले बताए । महायज्ञमा माघ १९ गतेदेखि ब्रतबन्ध कार्यक्रम सुरु हुँदै छ । ब्रतबन्ध गर्न चाहनेले सचिवालयमा नाम टिपाउन सक्ने छन् ।
नारायणी नदी किनारमा दैनिक तीन वटा आरती हुने गरेको छ । कोटिहोम यज्ञमा हुने आरती, महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले गर्ने भागवत आरती र गण्डकी महाआरती गरी तीन वटा आरती हुने उनको भनाइ छ । फागुन १२ गते बालिने सवा करोड बत्ति प्रज्वलनका लागि भक्तहरुले बत्ती ल्याउने क्रम जारी रहेको उनले जानकारी दिए ।
महायज्ञमा १०८ ब्राह्मणहरुले गायत्री मन्त्रद्धारा हवन गर्दै आएका छन् । महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यज्ञ गर्न दैनिक करिब सात क्विन्टल चरु आवश्यक पर्ने आयोजकले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]