Listen Live: 

चितवनको भरतपुरमा रोकिएन कुष्ठरोगको बिरामी

Radio Chitwan
सोमवार, माघ १६, २०७९

चितवन । नेपालबाट कुष्ठरोग निवारणको घोषणा भएको १० वर्ष पूरा हुँदा पनि चितवनको भरतपुर महानगरपालिकामा अझै कुष्ठरोगी फेला पर्ने क्रम रोकिएको छैन।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अन्य छवटा पालिकामा ज्यादै न्यून बिरामी देखिने गरेको भए पनि महानगरपालिका क्षेत्रको प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा बढीमा यो रोग देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक वा त्योभन्दा कम सङ्ख्यामा कुष्ठरोगी भेटिनु यो रोग निवारण भएको भन्ने मानिन्छ। समग्रमा चितवन जिल्लालाई हेर्दा प्रति १० हजार जनसङ्ख्यामा ०।५५ जनामा यो रोग देखिएको मानिन्छ। जब कि नेपालभरको औसत दरभन्दा बढी महानगर क्षेत्रमा प्रति १० हजारमा १।१२ जनामा यो रोग देखिएको छ।

नेपाल सरकारले २०६६र६७ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। घोषणा गर्दा झन्डै तीन हजारको सङ्ख्यामा बिरामी भेटिएका थिए। जब कि घोषणा भएको १० वर्ष बित्दै गर्दासमेत दुई हजारभन्दा बढी कुष्ठरोगी फेला पर्ने गरेका छन्। गत आर्थिक वर्ष २०७८र७९ मा मात्र नेपालमा दुई हजार २८५ नयाँ रोगी फेला परेका छन्।

आर्थिक वर्ष २०७८र७९ को यो अवधिमा चितवन जिल्लामा ४९ जना कुष्ठरोगी फेला परेका छन्। यो भनेको प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम अर्थात् शून्य दशमलव ५५ जना ९प्रति २० हजारमा एक जना० बराबरजस्तै हो।

७०औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय चितवनले आइतबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ। अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले देशभर कुष्ठरोग निवारणको घोषणा भएको १० वर्ष बितिसक्दा पनि देशभरका १६ जिल्लामा अझै पनि यो रोगको समस्या रहेको बताउनुभएको थियो। उहाँले चितवन जिल्लाको भरतपुर महानगरपालिका क्षेत्रमा अझै पनि यो रोग निवारण भइनसकेको सन्देश तथ्याङ्कले पुष्टि गरेको उहाँको भनाइ थियो।

जनस्वास्थ्य अधिकृत रामकुमार केसीले २०५१ देखि २०७७ सम्म चितवनमा एक हजार नौ सय कुष्ठरोगीले औषधि सेवन गरेको जानकारी दिनुभयो। कार्यालयले २०७७ सालमा विभिन्न चरणमा औषधि सेवन गरेकाको खोजी गर्दा छ सय बिरामीको पहिचान खुलेको र उनीहरूको सम्पर्क रहेका झन्डै ३० हजार जनसङ्ख्यालाई एक डोज रिफेम्सिन चलाइएको पनि जानकारी दिनुभयो।

कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा रहेकाहरूलाई लक्षित गरी उनीहरूलाई सङ्क्रमण नहोस् भन्ने उद्देश्यले एक डोज औषधि चलाउने गरिन्छ। उक्त एक डोज औषधिले उनीहरूको शरीरमा सुषुप्त अवस्थामा रहेका कुष्ठरोग गराउने ब्याक्टेरियाहरू नष्ट हुन्छन् भन्ने मान्यता रहिआएको छ।

सन् १८७३ मा नर्वेका वैज्ञानिक जेरार्ड अर्मुएर हेन्सनले यो रोगको कारण पत्ता लगाएका हुन्। आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुको कारण यो रोग लाग्ने गर्दछ। छाला र बाह्य स्नायु प्रणालीमा आक्रमण गर्ने यो रोग समयमा उपचार नभएको खण्डमा मानिसलाई अपाङ्ग र कुरूप बनाउने गर्दछ।

आन्य समाचारहरु:-
April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram