कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
चितवनकै मुख्य बजार क्षेत्र मानिने नारायणगढ बजार डोजर चलाएको एक महिना बितिसक्दा पनि अस्तव्यस्तसँगै सुनसान

चितवन,
नारायणगढको पुलचोकदेखि वीरेन्द्र क्याम्पससम्मका घरहरुमा सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएको एक महिना बितिसकेको छ ।
सडक फराकिलो पार्न भत्काइएका संरचनाको अहिले मर्मत सम्भारकोे काम भइरहेको छ । जसका कारण चितवनकै मुख्य बजार क्षेत्र मानिने नारायणगढ बजार अस्तव्यस्तसँगै सुनसान देख्न सकिन्छ । चारैतिर भत्किएका भवन र कंक्रिट फोहोरका कारण व्यवसायीको आम्दानीमा गिरावट आएको रामप्रसाद शर्माले बताए ।
न्यू सिजनल होटल एण्ड लजका शर्माले भने, ‘घर बाहिरबाट नै हेर्दा ग्राहक भित्र पस्नै डराउने स्थिति छ । भत्केको घरसँगै धुवाधूलो र ध्वनी प्रदूषण उतिकै छ । भित्र बसेर आनन्दले खाने अवस्था छैन । व्यापारको सिजनमा एक्दमै मारमा परियो ।’
दोहोरो मारमा व्यवसायी परेको शर्माले सुनाए । ‘व्यापारत छँदै छैन भन्दा हुन्छ । एक्दमै घाटामा छौं । उता भत्किएको संरचना घरधनीले बनाउनुपर्नेमा हामी आफैले बनाउनु परेको छ । ‘व्यवसायी दोहोरो मारमा परेका छौं’, उनले सुनाए । वरिपरिका चिनेजानेका मानिस खाजा पानीका लागि आउने भएकाले मात्र लजको सटर खोलेको उनले बताए । शर्माले भत्किएको संरचना चाडो बने व्यापार व्यवसाय लयमा फर्किने विचार राखे ।
कपडा व्यवसायी रणदिपप्रसाद अग्रवालले व्यवसायी धरासायी बनेको बताए । ‘सडक विस्तारको लागि घर भत्काउन लागेको कुरा थाहा थियो तर व्यवसायलाई नै मार पर्ने गरी विकास निर्माणको काम हुन्छ भन्ने सोचेको थिइन । व्यापार शून्य हुन्छ भन्ने झनै लागेको थिएन । अहिले हेर्नुस् बजारमा एउटा ग्राहक छैन । सुनसान छ’, उनले गुनासो गरे ।
टाउन सेन्टरका व्यवसायी रामसिंह गुप्ताले व्यापार नहँदुा पसल बन्द गर्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘व्यापार नहुँदा सटर बन्द गरेर मान्छेहरु बसेका छन् । म सटर भाडाको केही रकम भए नी उठ्छ की भन्ने आशले खोलेर बसेको छु । दिनभरी कु¥यो १२, १ बजे बल्लबल्ल बोनी हुन्छ ।’ बजारमा घर भत्कँदा कतिपय सेवाग्राहीले आफूले खोजेको बैँक र पसल पनि पत्ता लगाउन नसक्ने अवस्था छ । पसल र बैँकका बोर्ड नभएकोले पनि सेवाग्राहीलाई समस्या परेको हो । नारायणगढको सिद्धार्थ बैँकमा पैसा निकाल्न पुगेकी बसेनीकी कल्पना दाहालले बैँकको बोर्ड नदेख्दा कता छ बैँक भनेर पत्ता लगाउन नै समस्या परेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ सबै घर भत्केकोले ठूलो बोर्ड नदेख्दा समस्या प¥यो । पछि सोधेर नै पत्ता लगाए । बैँकमा छिर्ने ठाउँमा सडक भत्केकोले बल्लबल्ल कसैलाई तान्न लगाएर माथि उक्लिएर बैँकमा पुगेँ ।’
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले डोजरका कारण करिब दुई अर्बको नोक्सानी भएको जानकारी दिए । उनले भने, ‘विकास निमार्णको कामले प्रत्यक्षरुपमा व्यवसायीनै मारमा परेका छन् । हाम्रो पारम्भिक अध्ययनका अनुसार व्यवसायी र घरधनीहरु गरी लगभग दुई अर्ब जतिको नोक्सानी भएको पाइएको छ ।’ सहमति अनुसार काम नहुँदा व्यवसाय र घरधनीलाई असर बढी परेको उनको दाबी छ ।
व्यवसायलाई पुरानै लयमा ल्याउन दुुर्तगतीमा काम गर्न सडक डिभिजन र निर्माण काम्पनीलाई आग्रह गरिरहेको श्रेष्ठले बताए । सडक डिभिजनले गत पुस ८ गते शुक्रबारदेखि १२ दिनसम्म यस बजार क्षेत्रका ५८ वटा घर टहराको अगाडिको संरचना भत्काएको थियो ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]