सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
नेकपा एमाले भरतपुर महानगरपालिका–११ वडा कमिटीले वडाका १२५ जना अग्रज नेता तथा कार्यकर्तालाई सम्मानित

चितवन
नेकपा एमाले भरतपुर महानगरपालिका–११ वडा कमिटीले वडाका १२५ जना अग्रज नेता तथा कार्यकर्तालाई सम्मानित गरेको छ ।
वडा कमिटीले पार्टीमा झण्डै तीन दशकदेखि अबिछिन्न योगदान पु¥याएको भन्दै आज एक विशेष सम्मान कार्यक्रम राखेर नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरेको हो ।
एमाले वडा अध्यक्ष प्रकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली, बागमती प्रदेशका आर्थिक मामिला मन्त्री जेएन थपलिया, पार्टीका प्रदेश सचिव विजय सुवेदी, प्रदेश कमिटी सदस्य कृष्णभक्त पोखरेल र जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पार्टीका नेता तथा कार्यकर्तालाई सम्मानित गरेका थिए । एमाले वडा अध्यक्ष आचार्यले युवा पुस्ताले अग्रजको योगदानलाई कहिल्यै बिर्सन नसकिने भएकोले सम्मानमार्फत् उनीहरुको योगदानलाई पुन ताजगी गराइएको बताए । उनले भने, ‘बिगतमा पार्टी टुटफुट हुदा पनि शतिशालजस्तै उभिने नेता तथा कार्यकर्तालाई सम्मानित गरेका छौं । चितवनको इतिहासमा नै यतिधेरै पार्टीका नेता तथा कार्यकर्ता सम्मानित भएको पहिलो घटना हो ।’ कार्यक्रममा पार्टीको तीन जना नेताहरुलाई पनि मृत्युपरोपणान्त सम्मान गरिएको आचार्यले बताए । भरतपुर–११ जिल्लामा सबैभन्दा धेरै एमालेको संगठित सदस्य रहेको वडा हो ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]