कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
‘सेभ नारायणी’का अभियान्ताले शहरी विकास मन्त्री विक्रम पाण्डेको ध्यानाकर्षण

चितवन, माघ १३–
भरतपुर महानगरपालिकामा फोहोर व्यवस्थापनको विषयलाई लिएर ‘सेभ नारायणी’का अभियान्ताले शहरी विकास मन्त्री विक्रम पाण्डेको ध्यानाकर्षण गराएका छन् । मन्त्री पाण्डे चितवन आएको मौका पारि उनकै निवासमा पुगेर अभियान्ताले ध्यानाकर्षणसहितको पत्र दिएका हुन् ।
सर्वोच्च अदालतको आदेशपछि पनि नारायणी नदी किनारमा गाडिएको फोहोर ननिकालिएको पत्रमा उल्लेख गरिएको छ । साथै भरतपुरमा सुरक्षित र आधुनिक ल्यान्डफिल साइट निर्माणको लागि आवश्यक पहल गरिदिन उनीहरुले मन्त्री पाण्डेलाई आग्रह गरेका छन् । आफ्नो मागबारे मन्त्री सकरात्मक देखिएको सेभ नारायणीका अभियान्ता सचिन चापागाईले बताए ।
‘उहाँले यस अभियानलाई निरन्तरता दिन र महानगरपालिकालाई दीर्घकालीन फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल साइट निर्माण गर्न जिम्मेवार नागरिक र जागरुक युवाहरुले आवश्यक दबाब दिइरहन सुझाव दिनु भएको छ’, उनले भने । फोहोर व्यवस्थापनको लागि मन्त्रालयको तर्फबाट महानगरपालिकासंग आवश्यक सहयोग र सहकार्य गर्ने मन्त्री पाण्डेले प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

