चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँमा वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि निःशुल्क तालिम सञ्चालन

वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि काठमाडौँमा निःशुल्क तालिम सञ्चालन भएको छ ।
सुरक्षित आप्रावासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले बुधबारबाट विदेश जान चाहने महिला र पुरुष दुवै जनाको लागि खान बस्न सहित निःशुल्क तालिम सञ्चालन गरेको हो ।
महिलाहरुको लागि माघ १८ मा गार्मेन्ट मेसिन अपरेटर तालिम हुने चितवनका सामी कार्यक्रमका संयोजक सूर्य पौडयालले बताए । पुरुषले माघ १५ मा प्लम्बर, माघ २१ मा वेल्डर, माघ २२ मा स्काफोल्डिङ, माघ २३ मा हुने पाइप फिटर र माघ २९ मा इन्डस्ट्रियल इलेक्ट्रिसियन सम्बन्धी तालिम हुने उनले बताए ।
पुरुषहरुको लागि तालिम काठमाडौं, झापा, बुटवल र पोखराबाट सञ्चालन गरिने सामीले जनाएको छ । महिलाहरुको लागि गार्मेन्टको तालिमको लागि भने काठमाडौं जानुपर्ने छ । तालिमको लागि चाहिने सेफ्टी सुज र मेडिकल जाँचको खर्च आफैले बेहोर्नुपर्ने हुन्छ । उनले जिल्ला प्रशासन आप्रावासी स्रोत केन्द्रमा जुन समयमा पनि यस तालिमको लागि फर्म भर्न सकिने बताए । पौड्यालले भने, ‘यस तालिम लिनको लागि पासपोर्ट वा पासपोर्टका लागि आवेदन दिएको हुनुपर्ने र नागरिकता पेस गर्नुपर्ने छ । उनले उमेर पुरुषको हकमा १९ पुगेर ३५ वर्ष नकटेको र महिलाको हकमा उमेरहद १९ देखि ३० भएको हुनुपर्ने छ । शैक्षिक योग्यता सामान्यदेखि १० कक्षा उत्तीर्ण तोकेको उनले बताए । तालिममा भर्ना हुन चाहनेले ९८५५०४६६६९ र ०५६–५९५८६१ मा सम्पर्क गर्न सकिने छ ।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]