रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
आत्मदह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय

काठमाडौँ, माघ ११–
मंगलबार आत्मदह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ ।
आज ९बुधबार० बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयवस्तुमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने ।
गृहमन्त्री लामिछानेले बुधबार नै आचार्यको परिवारसँग भेटेर उनले उठाएका विषयमा छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए । आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो ।
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]