Listen Live: 

नारायणी नदी किनारमा आजदेखि साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ सुरु

Radio Chitwan
बिहिबार, माघ १२, २०७९

चितवन, माघ १२–

आज माघ १२ गते बसन्त पञ्चमी । नारायणी नदी किनारमा आजदेखि साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ सुरु हुँदै छ । एक महिनासम्म चल्ने महायज्ञको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो ।

बसन्त पञ्चमीको अवसर पारेर महायज्ञको उद्घाटन गर्न लागिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल ९भारद्धाज०ले बताए । महायज्ञको उद्घाटनअघि बजार क्षेत्र परिक्रमा गर्नेगरी कलश यात्रा निकालिने छ । महायज्ञको तयारी सकिएको आयोजकले जनाएको छ ।

महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । ‘हामीले दातालाई यति दान गर्नुस् भन्दैनौँ । स्वेच्छाले दान गर्न सक्नुहुन्छ । धेरै दान गर्नेलाई ठूलो सम्मान र थोरै गर्नेलाई सानो सम्मान भन्ने हुँदैन । दातालाई वर्गिकरण गर्दैनौँ’, उनले भने । महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने उनले बताए ।

महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञमा दैनिक छ क्विन्टल भन्दा बढी चरु खपत हुने प्रमुख वाचक पाण्डेय बताउँछन् । जौ, तिल, चामल, घ्यु लगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवन हुन लागेको उनले बताए ।

महायज्ञमा कर्ता बस्नलाई कुनै जातीय विभेद नगरिने उनले बताए । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनको भनाइ छ ।

महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा १ महिनासम्म हवन, तर्पण एवम् मार्जन, श्रीमद्भागवत तथा शिवमहापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवम् राजनैतिक व्यक्ति सहभागी हुने छन् ।

सनातन संस्कृति–गोवंश संरक्षणबारे चिन्तन, मन्थनसहित प्रवचन, सवा करोड ५ सरे दीपप्रज्वलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कवि÷कलाकारहरूद्वारा कवितावाचन, भजन, सांस्कृतिक झाँकी, वरिष्ठ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, योग, ध्यान एवम् बालसंस्कार कार्यक्रम, १०८ शालग्राम तथा शिवलिङ्गको सेवा–पूजा, दर्शन सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति लगायत कार्यक्रम गरिने भएको छ ।

विपन्न तथा अशक्तहरूका लागि निःशुल्क सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति कार्यक्रम गरिदिने आयोजकले स्पष्ट पारेको छ । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको हो । नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज महायज्ञको प्रमुख संरक्षक रहेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram