कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा

नवलपुर, माघ ११(
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ ।
चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड–१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो । “सुरुआती अवस्थामा उपकरण परिचालन, रुख कटानमा निकुञ्ज र वनबाट स्वीकृति आउन ढिलाइ, बिलुजीको पोल सार्न ढिलाइ भयो”, उहाँले भन्नुभयो, “जिल्लाका क्रसर उद्योग बन्द हुँदा सडक विस्तारको काम प्रभावित बनेको छ ।” निर्माण कम्पनीले राम्रोसँग काम गर्न नपाउँदा सडक विस्तारको काममा ढिलाइ भइरहेको पार्कले बताउनुभयो ।
क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ । सडक विस्तारको काम सक्नुपर्ने समय सीमाभित्र अझै पनि सडकको अवरोध नहटेको निर्माण पक्षको भनाइ छ । “अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशतमात्रै सकिएको छ”, पार्कले भन्नुभयो, “विद्युत् पोल सार्ने काम ३० प्रतिशतमात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको छ ।”
निर्माण कम्पनीका नेपालस्थित प्रतिनिधि सु यानले आयोजनाको म्याद करिब एक वर्ष थप भएको भन्दै त्यो समयसम्म ५० प्रतिशत प्रगति हासिल गरिने बताउनुभयो । “यहाँका जनताको गुनासो र पीडाबारे हामी अवगत छौँ, हामीले कामलाई तीव्रता दिएका छौँ”, यानले भन्नुभयो । हालसम्म नारायणगढ–बुटवल सडकको प्याकेज–१ मा २२ प्रतिशत र प्याकेज–२ मा २३ प्रतिशत काम भएको छ । गैँडाकोटमा एक सय १० मिटर परीक्षण कालोपत्र तथा विभिन्न ठाउँमा ठूला तथा साना पुल निर्माणलाई तीव्रता दिइएको छ ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जीनियर रमेश दिष्टीले निर्माण कम्पनीलाई काम चाँडो गर्न निरन्तर ताकेता गरिरहेको बताउनुभयो । “समयमा काम सक्नका लागि कामदार थप्नुपर्ने, यान्त्रिक उपकरण बढाउनुपर्ने भएकाले हामीले त्यसैअनुरुप दबाब दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । अहिले गैँडाकोटबाट डण्डासम्म सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डभित्र पर्ने संरचना हटाउने तथा रुख काट्ने काम सकिन लागेको छ ।
दुई प्याकेजमा निर्माण भइरहेको एक सय १४ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डको प्याकेज–१ मा ६५ तथा प्याकेज–२ मा ४९ किलोमिटर सडक पर्दछ । प्याकेज–१ को लागत रु नौ अर्ब १५ करोड ७२ लाख तथा प्याकेज–२ को लागत रु सात अर्ब ८६ करोड ३२ लाख छ । एसियाली विकास बैंक ९एडिबी० को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तार भइरहेको आयोजनाले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]