कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
जिल्ला अदालत काठमाण्डौले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर

काठमाण्डौ,माघ ११(
जिल्ला अदालत काठमाण्डौले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले हिजो पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने मुलुकी ऐनमा व्यवस्था छ तर अदालतले सजाय निर्धारण गर्न बाँकी छ ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।
सामाजिक सञ्जालमार्फत् बलात्कारपछि फोटो र भिडियो खिचेर पाण्डेले ‘ब्ल्याकमेल’ गर्दै छ महिनासम्म निरन्तर यौनशोषण गरेको आरोप पीडितले लगाएकी थिइन् । त्यस घटनाको सर्वत्र छानबिन गर्न मागको आवाज उठेपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]