Listen Live: 

चितवन छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषधसहित चार जना पक्राउ

Radio Chitwan
बुधबार, माघ ११, २०७९

चितवन, माघ १०–

चितवन छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

माघ ६ गते दिउँसो ३ बजेको समयमा लागूऔषध विक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।

राप्ती नगरपालिका–६, स्थित शंकास्पद अवस्थामा बसिरहेका पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं। १ बस्ने वर्ष २८ का महेश कुमार यादब र सोही स्थानका २९ वर्षीय पप्पुप्रसाद यादबलाई चेकजाँच गर्दा उनीहरुले बोकेको बोरा तथा झोलाबाट लागू औषध डाईजेपाम १०६ एम्पुल, फेनार्गन ११२ एम्पुल र नुरफिन ११२ एम्पुल गरी ३३० एम्पुल लागूऔषध बरामद गरेको हो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको छ ।

यस्तै यही माघ ७ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कालिका नगरपालिका–१, स्थित लागूऔषध लुकाएर राखिएको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ बस्ने वर्ष २४ का निर्मल तिमिल्सिना र रत्ननगर नगरपालिका–३ बस्ने वर्ष २३ का आयुष खनाल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram