चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
छोराछोरी पढाउन कवाडी संकलन गर्दै विमला मगर

चितवन, माघ १०(
‘आँट दिने दाजुभाई छैन, न्याय माग्न कतै गइन’ यती भन्दै उनी फेरि भरतपुरको नगरवनमा फोहोर खोतल्न थालिन् । यो बेथा भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको नगर वनमा कवाडी संकलन गर्दै आएकी विमला मगरको हो । नाक भरी सिंगान, मुखबाट तरर झरेको ¥याल, वर्षौदेखि ननुहाएको जस्तो शरीरभरी मैलाको टाटा, फोहोरका कारण बटारिएको कपाल हेर्दै घिन लाग्दो मान्छेहरुले सडकमा फालिएका बोतल टिप्दै गरेको त सधै शहरका सडकमा देखिन्छ । यस्तै मानिसले मात्र कवाडी संकलन गर्छन् भन्ने चित्र सबैको मानसपटलमा सजिएको हुन्छ । तर, यो चित्र गलत ठहरिन्छ जब बिमलालाई जो कोहीले भेट्छ । बिमलाले कवाडी संकलन गरेर परिवारको जिविकोपार्जनको स्रोत बनाएकी छन् ।
शनिबार मध्यान्न नगरवनमा ट्याक्टर फोहोर झार्न थाल्यो । रातो रंगको सुकिलो कुर्था सुरुवालमा सजिएकी विमला एक कुनामा फोहोरसँग खेल्न थालिन् । उनी हामी जोकोहीले सोचेको भन्दा फरक देखिइन् । गहुँगोरो वर्णको, साना र चिम्सा आँखा, खै कुन्नी के चिन्ताले खिएको शरीर तर अति मिठो मुस्कान उनको विशेषता नै हो । यस्तो दृष्यले सबैको मनमा झनै कौतुहलता बढाउँछ । उनले फोहोरको थुप्रोमा भेटेको नक्कली सुनको झुम्का खुसी हुँदै सबैलाई देखाइन् । यसको डिजाइन राम्रो भएकोले उनलाई निकै मनपरेको सहजै अनुभव गर्न सकिन्थ्यो । मुस्कुराउँदै उनले झुम्का झोलामा राखिन् ।
यसपछि बिमलाले फोहोरको थुप्रो अगाडि उभिएर विस्तारै आफ्नो अतित सम्झँदै भनिन् ‘पेटको भोक मेट्न र छोराछोरी पढाउन घरघरबाट निस्किएको फोहोरमा सिला खोज्छु । घरमा एक छोरी एक छोरा छन् ।’ छिमेकी जिल्ला गैँडाकोटकी विमलाले दुबैलाई बोर्डिङ स्कुलमा पढाएकी छन् । सँगै भतिजोको जिम्मा पनि आफूलेनै लिएको उनले बताइन् । उनले भनिन् ‘छोरी ६ वर्षको छे, छोरा तीन वर्षको । भतिजो उनीहरु भन्दा ठूलो छ । सरकारी स्कुल मेरो घरभन्दा टाढा छ । बच्चाहरुलाई गाह्रो हुन्छ भनेर नजिकको बोर्डिङ स्कुलमा पढाएको छु । एउटै परिवारको तीन जना भएकाले स्कुलले छोरीको पढाइ निःशुल्क गरिदिएको छ ।’ तर एक जनाको आम्दानीले स्कुल र घरको खर्च टार्न मुस्किल हुने गरेको उनले गुनासो गरिन् ।
‘घरमा बुढा आमाबुबा हुनुहुन्छ । भाउजुले एक्लै घरधन्दा देखि बच्चा बच्ची र आमा बुबा स्याहार्नुपर्छ । म एक्लै छु कमाउने । खर्च टार्न मुस्किल छ । बच्चाहरु अलिक ठूलो भएपछि राम्रो सरकारी स्कुलमा भर्ना गर्नुपर्छ की भन्ने सोचेको छु,’ उनले भनिन् ।
बिमलाको जीवन संघर्ष
२५ वर्षकी विमला ६ कक्षा पढ्दै गर्दा उनको दाइको निधन भएको थियो । त्यसपछि उनले कहिलै किताब समाउन पाइनन् । दाइ रहुन्जेल विद्यालय पढ्नको लागि गएको थिएँ । विमलाले सुनाइन् ‘दाइले ज्याला मजदूरी गरी मलाई पढाउनु भयो । घरपरिवारलाई खुवाउनु भयो । बितेपछि आर्थिक भार भयो । पढ्ने की पेट पाल्ने । त्यसपछि अरुकोमा निमेक गर्न थालेँ ।’
यति भनि बिमला फेरि फोहोरको थुप्रोमा हात डुलाउन थालिन् । हास्दै काम गरिरहेकी बिमलाको अनुहारमा एक्कासी उदासिनता देखिन थाल्यो । छुट्टै पीडाले उनको आँखामा बास बस्न थाले । दबिएको स्वरमा कान्छी श्रीमतीसँग श्रीमान् रहेको बताइन् ।
‘मेरो १६ वर्षको उमेरमा बिहे भयो । उसलाई छोराको आश थियो । मैले छोरी जन्माए । डेढ वर्षको अन्तरालमा छोरा जन्मियो । छोरा जन्मेको एक महिना नपुग्दै सौता घरमा भित्र्यायो, त्यसदिन नै म माइतमा आएर बसँे,’ उनले भनिन् । तनहुँको दमौलीमा श्रीमान्को घर रहेको उनले बताइन् ।
श्रीमान्को नाम र श्रीमान् भन्ने शब्द उच्चारण गर्नबाटै घृणा मान्ने बिमलाले आफ्नो विवाह जबरजस्ती भएको निर्धक्क साथ बताइन् । ‘तीजको दिन रिसिङमा मेला लागेको थियो । हामी केटीकेटी तीन जना साथी मिलेर घुम्न गएका थियौं । उसलाई म चिन्दिन थिएँ । कहिले नदेखेको नचिनेको मान्छेलाई मन पराउने कुरो पनि भएन । तर, केटाहरुलाई मन परेपछि जबरजस्ती हुदो रहेछ । बल लगाएर मैले जित्ने कुरा पनि भएन । मेलामै जबरजस्ती गरेर घर पु¥याए । देख्ने कसैले केही गरेनन्’, उनले भनिन् ।’ बिमलाका श्रीमान् पनि मगर हुन् । श्रीमानसँग उनको त्यतिबेला चिनजान नभए पनि उनको भान्जा भने स्कुल पढ्दाको साथी रहेको उनले बताइन् । भान्जा पनि सो बेला मेलामा श्रीमान्सँग आएकाले उसले जालझेल गरेको शंका बिमलालाई छ ।
१६ वर्षको उमेरदेखि यी सब कुरा भोगेकी बिमलाले न्यायको सहयोग भने नलिएको बताइन् । ‘आँट दिने दाजुभाई थिएनन् न्याय माग्न कतै गइन, अर्को तर्फ बिपन्नता र बोल्ने मान्छे थिएन, कानुनको ज्ञान पनि भएन । आमा बुबाको इज्यतको त्रास पनि भयो । अहिलेको जस्तो अवस्था भए म बोल्थँे । अन्यायको लागि लड्थँे ।’
बिहे गरेर ९ वर्ष श्रीमान्सँग बिताए पनि बिमलालाई श्रीमान्को बारेमा धेरै कुरा थाहा छैन । उनी भन्छिन्, ‘उसले के काम ग¥थ्यो थाहा छैन । बोल्न सोध्न डर लाग्थ्यो ।’ श्रीमान्ले छोड्नुको कारण भने बिमला पहिलो सन्तान छोरी र यौनिक असन्तुष्टी मान्छिन् । ‘ पहिलो सन्तान छोरी भयो । गर्भमा बच्चा हुदा यौन सम्पर्क राख्न हुन्न भन्छन् । यस समय सम्बन्ध राखे पनि हामीले सन्तृष्टि दिन सक्दैनौ रे । सुत्केरी भएको एक महिना नहुदै घरमै सौता ल्याउनुभयो,’ उनले सुनाइन् ।
३ वर्षदेखि श्रीमानसँग छुट्टिएर रहे पनि उनको सम्बन्ध विच्छेद भने भएको छैन । हिंसा र बहुविवाहको मुद्दा हालेर आफ्नो समय खेर फाल्न नचाहेको उनी बताउँछिन् । ‘छोरी एकमा छोरा नर्सरीमा पढ्दैछ । हाम्रो सम्बन्ध बिच्छेद भएको छैन । म जिन्दगीमा अगाडि बढीसकेको मान्छे । झमेलामा पर्न चाहान्न र उनीहरुलाई दुःख दिन पनि मन लाग्दैन । तर, छोराछोरीले बुबा खोजे चिनाउन पछि हट्दिन,’ उनले भनिन् ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]