Listen Live: 

इच्छाकामना गाउँपालिकामा कुकुरहरुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन सुरु

Radio Chitwan
मङ्लबार, माघ १०, २०७९

चितवन। इच्छाकामना गाउँपालिकामा यही पुस १९ गते बहुलाहा कुकुरले मानिसलाई टोके संगै त्यहाँका कुकुरहरुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन सुरु गरीएको छ । घरपालुवा एबं छाडा छोडिएका कुकुरहरुलाई भ्याक्सिन दिईएको हो ।

मानिसलाई टोक्ने कुकुरको नमुना परिक्षणका क्रममा रेबिज देखिए संगै अन्य कुकुरहरुलाई नियन्त्रणमा लिएर भ्याक्सिन दिन थालिएको पशु सेवा शाखा इच्छाकामनाका प्रमुख रञ्जीत बि।क।ले जानकारी दिनुभयो । एउटा कुकुरले गाउँपालिका वडा नम्बर ३ का २७ जनालाई टोकेको थियो । त्यस कुकुरलाई भने तत्काल मारिएको थियो ।

उहाँका अनुसार अहिले सम्म १५० डोज भ्याक्सिन सकिएको छ । थप भ्याक्सिन माग गरी अभियानलाई तिब्र पारिएको उहाँले जानकारी दिनुभयो । अहिले थप २ सय भ्याक्सिन आँफुहरुलाई उपलव्ध भएको उहाँले बताउनुभयो ।

कुकुरलाई रेबिज संक्रमण देखिए पछि संकास्पद कुकुरहरुलाई नियन्त्रणमा लिएर १५ दिन क्वारेन्टिनमा राखि छोडीएको छ । रेबिज देखिए संगै त्यस कुकुरको सम्पर्कमा पुगेका मानिस तथा पशु चौपायलाई समेत भ्याक्सिन दिने काम भईरहेको उहाँले जानकारी दिनुभयो । मानिसलाई स्वास्थ्य शाखाले भ्याक्सिन दिईरहेको छ भने पशु चौपायलाई पशु सेवा शाखाले काम गरीरहेको छ । उहाँले भन्नुभयो “भ्याक्सिन दिनका लागि अरु कुकुर समाउन स्रोत साधनको अभावका कारण कठिन भएको छ ।” अहिले कुकुर वन्ध्याकरण गर्न समेत कठिन भएको उहाँले बताउनुभयो । रेविजका कारण कुकुरका छाउरा र एउटा गोरु मरेका छन् ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram