Listen Live: 

वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती हुने

Radio Chitwan
मङ्लबार, माघ १०, २०७९

हेटौँडा,माघ १०(

वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती हुने भएको छ । १४ वटा मन्त्रालयबाट घटाएर ११ मन्त्रालय कायम गर्ने तय भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो।

प्रदेश मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनाइएको मन्त्रालय निर्धारण समितिले आज दिउँसो १ बजे प्रतिवेदन पेश गर्दैछ । अध्ययनका लागि १६ दिनको म्याण्डेट पाएको उक्त समितिले १० देखि ११ मन्त्रालय राख्न सुझावसहितको प्रतिवेदन बनाएको छ ।

अहिलेको १४ मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै आफुहरूले कुन९मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिएको निरौलाले जानकारी दिए ।

स्रोतका अनुसार उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सस्ंकृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्यमा गाभ्न सुझाएको बताइएको छ ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram