Listen Live: 

अझै राहत पाएनन् चितवनका वर्डफ्लु पिडित किसानले

Radio Chitwan
मङ्लबार, माघ १०, २०७९

चितवन, माघ १०(

गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो । खोरका बिभिन्न उमेरका एक लाख १४ हजार छ सय ८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार पाँच सय किलो दाना, ५२ हजार क्रेटसँगै औषधिलगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो ।

सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राख्नुभयो । उहाँको हिसाबमा सरकारले राहतवापत रु आठ करोड हाराहारी दिनुपर्ने हुन्छ । त्यहीअनुसार खोरमा उहाँले एक लाख २२ हजार कुखुरा राख्नुभयो । केही ऋण बैंकले थप्यो । केही सरसापट चलाउँदै अघि बढ्नुभयो । अझैसम्म पनि राहत रकम नआएपछि बैंक र तिर्नुपर्ने ठाउँको दबाब थेग्न नसक्ने भएको छ । कुखुरा बचाउनका लागि हारगुहार गरेर ल्याइएका दाना, औषधिलगायतको रकम तिर्न उहाँले सक्नुभएको छैन । उहाँले भन्नुभयो ,“मजदुर, बिजुली, पानी आदिका खर्च धान्न मुस्किल हुँदै गएको छ ।”

विस्थापनको अवस्थामा पुग्नुभएका व्यवसायी अर्यालले पेसा जोगाउनका लागि गरेको मेहेनतमा सरकारले सहयोग नगरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “राज्यले हामीलाई नहेर्दा हामी निकै पीडित बन्न पुगेका छौँ ।” बर्डफ्लुका कारण सबैभन्दा बढी लेयर्सपालक कृषक प्रभावित बनेका छन् ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोख्रेल सरकारले तत्काल राहत नदिए ती कृषकहरू विस्थापित हुने अवस्थामा पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कयौँ कृषकको खोर खाली छ । बैंकमा ऋण तिर्न नसक्दा कालोसूचीमा निस्कने अवस्थामा पुगेको छ ।” खोरमा कुखुरा राखेकाहरूले पनि बचाउन नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । बर्डफ्लुबाट धेरै लेयर्स कुखुरापालक कृषक प्रभावित भएको जनाउँदै उहाँले यो व्यवसाय बचाउनका लागि तत्काल सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले सरकारले नहेरे आउँदो वैशाखपछि व्यवसाय नै धराप भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा अब कुखुरापालन व्यवसाय आत्मनिर्भर हुन नसक्ने अवस्थामा पुगेको छ ।” भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले गत साउन २६ गते क्षतिको विवरण पशु सेवा विभागमा पठाएको भए पनि पीडित कृषकले अहिलेसम्म राहत पाउन नसकेका हुन् ।

कार्यालयका अनुसार विसं २०७८ कात्तिक १२ गतेदेखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । बर्डफ्लुका कारण ४७ कृषकले पालेका पक्षी नष्ट गरिएको थियो । यसका कारण तीन लाख ७२ हजार छ सय १२ पक्षी नष्ट गरिएको होे । बर्डफ्लुका कारण सबैभन्दा धेरै लेयर्स कुखुरा प्रभावित भएको कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार एक सय ११ नष्ट गरिएको थियो ।

यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, ब्रोइलर आठ सय ९६, टर्की पाँच सयवटा नष्ट गरिएको थियो । लोकल कुखुरा एक सय ३२, हाँस ३६, बट्टाई आठवटा नष्ट गरिएको न्यौपानेले जानकारी दिनुभयो । सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार पाँच सय ६४, क्रेट एक लाख २८ हजार नौ सय २० वटा नष्ट गरिएको थियो । दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा छ हजार तीन सय, हाँसको अण्डा २०, अण्डा राख्ने कार्टुन दुई हजार पाँच सय, डाला छ सय ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

बर्डफ्लुका कारण चितवनमा मात्रै रु ४५ करोड हाराहारीको क्षति भएको अनुमान गरी विभागमा सिफारिस गरिएको छ । उहाँले भन्नुभयो, “सङ्ख्या र उमेरअनुसार क्षतिको मूल्याङ्कन गरी पठाइएको छ ।” राहत आउन ढिला हुनुको कारण आफूहरूलाई समेत जानकारी नभएको उहाँले बताउनुभयो ।

पशु सेवा बिभागकी महानिर्देशक डा सम्झनाकुमारी काफ्ले पाण्डेले आफूहरूले अर्थमन्त्रालयमा बजेट सुनिश्चितताका लागि पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकार फेरबदलका कारण केही ढिलाइ भएको हो । हामी यस विषयमा लागिरहेका छाँै ।” देशभरका १५ जिल्लामा बर्डफ्लुको समस्या देखिएको बताउँदै उहाँले कृषकलाई क्षतिको ७५ प्रतिशत राहत दिने व्यवस्था भएको बताउनुभयो । यसका लागि अर्थ मन्त्रालयले रु ५८ करोड बढीको रकमका लागि सुनिश्चित गर्नुपर्ने भएकाले केही ढिला भएको उहाँको भनाइ छ । आफूहरूले राहतका लागि सो रकम सिफारिस गरिसकेको उहाँले बताउनुभयो ।

आन्य समाचारहरु:-
September 26, 2023
सर्वाेच्चको प्रश्न: ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउनुको कारण के हो ?

काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram