Listen Live: 

धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणमा लागेको ऋणको छिनोफानो गरे भोलिबाटै निर्माणको काम अगाडि बढ्ने

Radio Chitwan
सोमवार, माघ ९, २०७९

चितवन,माघ ९–

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणमा लागेको ऋणको छिनोफानो गरे भोलिबाटै निर्माणको काम अगाडि बढ्ने बताएकी छन् । एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै दाहालले रंगशाला निर्माणको काम अधुरो भएकोमा आफू चिन्तित भएको बताउँदै ऋणले निर्माणको काम अगाडि बढाउन समस्या भएको बताएकी हुन् ।

उनले रंगशाला निर्माणमा आफू इमान्दार रहेको भन्दै रंगशालाको कुरा फाउण्डेसन र महानगरपालिकाको बीचमा सम्झौता भएको बताइन् । उनले भनिन्, ‘सम्झौतामा धुर्मुस–सुन्तली फाउण्डेसनले स्रोत जुटाएर रंगशाला बनाउने र महानगरले जग्गा उपलब्ध गराउने सम्झौता भएको हो । निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण गर्ने भन्ने थियो ।’ उनले फाउण्डेसनले ऋण तिरेपछि बाँकी काम पूरा गर्ने आफूहरुको दायित्व भएको बताएकी छन् ।

उनले भनिन्, ‘ऋण नहुन्थ्यो भने प्राथमिकतामा रंगशालामा योजना छ । संघीय सरकारले २२ करोड छुट्याएको छ । ऋण तिर्न कानुनी अड्चन छ । मन्त्रीमण्डलको कयौपटक बैठक बसे पनि उपाय नै निस्केन ।’ उनले अन्तरवार्तामा धुर्मुस सुन्तलीले ऋण गरी गरी रंगशाला निर्माणको काम गर्न नहुने बताइन् । मेयर दाहाले भनिन्, ‘ऋण तिर्ने उपायकै बारेमा लागिरहेका छौं । मेरो सबैभन्दा चिन्ताको विषय नै रंगशाला नै छ । ऋण तिरियो भने अगाडि बढ्छ, नत्र फाउण्डेसनले अर्कौ उपाय चलाएर ऋण तिर्नुपर्छ । सबैले सहयोग गरेर त्यती बन्यो । ऋण भएको कारणले काम अगाडि बढ्न सकेन । फाउण्डेसनले ऋण लाउनुहुन्थेन ।’

उनले मेयरको रुपमा पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर दोस्रो कार्यकाल घेराबन्दीको बीचबाट पनि भरतपुरकी मेयरको रुपमा जित्न सफल भएको दाबी गरिन् । उनले भनिन्, ‘मेरो पारिवारिक र व्यक्तिगत जीवन छैन । सहजरुपमा जो कोही काम लिएर घरमा वा कार्यालयमा आउन सक्नुहुन्छ । भरतपुरको कामले दुई दिन पनि काठमाडौँ गएर बस्न सक्दिन ।’ उनले जेठो सन्तान हुनुको नाताले , बुबालाई हौसला दिनको लागि सल्लाह सुझाव दिनको लागि, बफादार सिपाहीरुपमा बेलाबेलामा काठमाडौँ जाने गरेको विचार राखिन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram