रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी पारसजंग कार्कीको जन्मदिनमा देवघाटमा रहेको आश्रममा आश्रित बालिकाहरुलाई भोजन

चितवन, माघ ९(
भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी पारसजंग कार्कीको जन्मदिनमा देवघाटमा रहेको आश्रममा आश्रित बालिकाहरुलाई भोजन गराइएको छ ।
लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्रीरामजानकी बालिका आश्रमका बालिकाहरुलाई खाना खुवाउँदै छोराको जन्मदिन मनाइएको पारसका बुबा हरि कार्की ’लक्की’ ले जानकारी दिए ।
जन्मदिनको अवसरमा धेरै पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो बालिका तथा बृद्धबृद्धाको सेवा गर्नु पाउदा निकै नै खुसी लागेको कार्कीले बताए । आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने कार्कीले बताए । नेपाली मौलिक संस्कृतिलाई जोड दिने उद्देश्यले आश्रममा आश्रित बालिकाहरूले हिन्दू धर्म अनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रममा परिवारसहित समाजसेवी चन्द्र कायस्थ, श्री रामजानकी बालिका आश्रम ९कन्यागुरुकुलम० का अध्यक्ष साबित्री टण्डन, महासचिव रामेश्वर खनाललगायतको सहभागिता रहेको थियो ।
आश्रमकी अध्यक्ष टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथि तथा कसैको विवाह उत्सवलगायत कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । विसं २०६७ सालमा स्थापना भएको आश्रममा ३७ जना बालिका रहेका छन् । आश्रमको आफ्नै भवन निर्माणको चरणमा छ । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संघ÷संस्थाहरुका लागि आश्रमको ढोका संधै खुला रहेको अध्यक्ष टण्डनले बताइन् ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]