चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका अत्यन्त निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने

चितवन, माघ ९–
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका अत्यन्त निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने भएको छ ।
गाउँपालिकाले आफ्नै स्रोत तथा विभिन्न सघसंस्थाहरुसँगको सहयोगमा गाउँपालिका भित्र रहेका आफैले घर निर्माण गर्न नसक्ने अत्यन्त निम्न वर्गीय परिवार पहिचान गरी उनीहरुको घर निर्माण गर्ने तयारी थालेको हो ।
यसका लागि शनिबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र उपाध्यक्ष माया सिलवालसहितको एक टोली इच्छाकामना गाउँपालिका–७ ढाँडबारीमा पुगी अवलोकन गरेका छन् । उक्त गाउँका निम्न वर्गीय परिवारको घर निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष गुरुङले तत्काल घर निर्माणका लागि सामाग्रीहरु उपलब्ध गराउने उनीहरु समक्ष प्रतिबद्धता गरे । अध्यक्ष गुरुङले घर निर्माणको लागि आवश्यक सामाग्री गाउँपालिकाले उपलब्ध गराईदिने बाचा गर्दै उनीहरुलाई श्रमदान गर्न अनुरोध गरे । ‘गाउँपालिकाले सामान दिन्छ, श्रमदान चाहि तपाइँहरुले गर्नुपर्छ’ उनले भने ।
यसैगरी केही घरहरु भने नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार इच्छाकामना गाउँपालिकाले वडा नं। ७ मा नमुना बस्ती निर्माणको काम गरिरहेको छ । यस आवमा मात्रै नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाले १९ वटा घर निर्माण गर्नेछ ।
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]