कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नारायणी किनारमा हुने साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको तयारीसँगै चरु संकलन

चितवन, माघ ९(
नारायणी किनारमा हुने साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको तयारीसँगै चरु संकलन गरिएको छ ।
एक महिने ज्ञानमहायज्ञमा २० हजार किलो भन्दा धेरै चरु आवश्यक पर्ने अनुमान गरिएको छ । महायज्ञभर हवन गर्दा चरु चढाउनुपर्ने हुन्छ ।
चितवन र छिमेकी जिल्लामा पनि चरु संकलन गर्न थालिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाज कँडेलले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकामा विभिन्न मन्दिर, सत्संग समिति र आमा समूहले चरु संकलन गर्दै छन् । महायज्ञमा चरु धेरै खर्चिनुपर्ने भएकाले चरु संकलनलाई तीव्रता दिइएको हो । राप्ती नगरपालिकामामात्रै २१ स्थानबाट चरु संकलन गरिँदै छ ।
‘गैँडाकोटमा पनि महायज्ञको प्रचारप्रसारसँगै चरु संकलन थालिएको छ । चरु संकलनका लागि आमा समूहलाई परिचालन गरिएको छ’, उनले भने । एक जनाले एक माना तिल, आधा माना जौ, आधामाना चामल, घ्यु, सखर वा चिनी दिन सक्नेछन् । साथै वर, पिपल, स्वामी, आँप, डुम्रीका पातलगायत हवन सामग्री पनि संकलन गरिँदै छ ।
महायज्ञमा एक करोड ४९ लाख ८५ हजार बत्ती जलाइने उनले बताए । यो महायज्ञमा पितृहरुको उद्धारका लागि ससंकल्प पूजा, ग्रहदशा सुधार्न, विवाह तथा व्रतबन्धजस्ता धार्मिक कार्यहरु पनि गर्न सकिने उनले जानकारी दिए ।
महायज्ञको प्रचारप्रसार गर्न माघ १० गते नारायणगढ र भरतपुरका बजार क्षेत्रमा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । बजार क्षेत्र परिक्रमा गर्ने मोटरसाइकल ¥यालीमा सहभागी हुन आयोजकले आह्वान पनि गरेको छ । माघ १२ गते बसन्त पन्चमीदेखि फागुन १२ गतेसम्म नदी किनारमा हुनलागेको महायज्ञको लागि नारायणगढस्थित नारायणी नदीकिनारमा हवन मण्डप र कुण्ड बनाउने काम जारी छ । योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्वारा हवन हुन लागेको हो । ‘यो एक युगमा हुने हवन हो । यसै क्षेत्रमा आरतीगर्दै आएको संस्थाले महायज्ञ गर्न लागेको हो । प्रचारप्रसारलाई पनि हामीले तीव्र बनाएका छौँ’, उनले भने ।
श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्तआयोजनामा ज्ञानमहायज्ञ हुनलागेको हो । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्देश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको कँडेलले जानकारी दिए । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए ।
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीमहाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्दगिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्त महात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

