कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मैत्रीपूर्ण फुटसलमा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था विजयी

चितवन, माघ ९–
मैत्रीपूर्ण फुटसलमा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था विजयी भएको छ ।
आज ९सोमबार० नारायणगढस्थित क्षेत्रपुर फुटसल एरेनामा भएको खेलमा विश्वकर्मा साकोसले सुनचाँदी बचत तथा ऋण सहकारी संस्थालाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा विश्वकर्मा साकोस ४–३ ले विजयी भयो ।
विजेता विश्वकर्मा साकोसले नगदसहित शिल्ड प्राप्त गरेको छ । मैत्रीपुर्ण फुटसलमा ६ टोली सहभागी थिए ।
यस्तै आजै सम्पन्न मैत्रीपूर्ण भेटेरान फुटसलमा सुनचाँदी साकोस विजयी भएको छ । सुनचाँदी साकोसले विश्वकर्मा साकोसलाई २–१ ले पराजित गरेको हो ।
भेटेरानको विजयी टोलीले पनि नगदसहित शिल्ड प्राप्त गरेको छ । विजयी टोलीहरुलाई सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्रबहादुर खातीले पुरस्कार वितरण गरे ।
दिगो सहकारी संस्थाका लागि स्वस्थ शेयर सदस्य भन्ने नारासहित मैत्रीपुर्ण फुटसल आयोजना गरिएको हो । सहकारी सञ्चालक र कर्मचारीहरुको स्वास्थ्य तथा सम्बन्ध मजबुद बनाउन मैत्रीपुर्ण फुटसल आयोजना गरिएको सुनचाँदी साकोसका अध्यक्ष रुविन रामुदामुले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

