Listen Live: 

चितवनको भिमोदय माविका शिक्षक कँडेलको प्रवल जनसेवाश्री विभूषण खोसियो

Radio Chitwan
सोमवार, माघ ९, २०७९

चितवन, माघ ९(

भिमोदय माध्यमिक विद्यालय कालिका नगरपालिका–५ का पूर्वप्रधानाध्यापक हरिप्रसाद कँडेलले पाएको प्रवल जनसेवाश्री विभूषण खोसिएको छ ।

भ्रष्टाचार आरोपमा अख्तियारको अनुसन्धानको दायरामा रहेको भन्दै मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनको विभुषण रद्द गरेको हो । उनलाई प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो । भष्ट्राचार र विवादमा रहेका शिक्षक कँडेललाई विभूषण दिने निर्णय भएको भन्दै आलोचना भएपछि पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका विवादित व्यक्तिको नाम रद्द गरिएको सरकारले जनाएको छ ।

सरकारले चितवनका शिक्षक कँडेलसहित सुरक्षाकर्मी हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचार मुद्दा चलिरहेका उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्द भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको गृहमन्त्रालय स्रोतले जानकारी दियो । विभूषण रद्द भएका अन्यमा व्यापारी चिराग गोयल, शिक्षक यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ छन् ।

उद्योगी मुरारकामाथि खानी दोहनको अभियोगमा बिगो, कैद र जरिवाना असुलको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो । मुद्दाको किनारा नलाग्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण घोषणा गरिएको थियो ।

सांसद कोइरी २०७२ भदौ २५ मा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक ९असई० थमन विक हत्या अभियोगका फरार व्यक्ति हुन् । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाजसेवी’ का रूपमा ’प्रबल जनसेवाश्री’ दिने घोषणा गरिएको थियो ।
विभूषणका लागि जिल्ला प्रशासनबाट सिफारिस भएर आएका नाममा गृह मन्त्रालयले विवादित पृष्ठभूमि भए÷नभएकामा दोहोरो प्रमाणीकरण गर्ने अभ्यास छ । महोत्तरी प्रशासनले भने महतोको पृष्ठभूमि विवादित भएको जानकारी गृहलाई गराएन्। त्यसपछि मन्त्रिपरिषद्ले उनको नामसहित विभूषित हुनेको सूची अनुमोदन गरेर राष्ट्रपति कार्यालय पठाएको थियो । त्यही सूची सदर गर्दै राष्ट्रपति कार्यालयले उनको नाम अनुमोदन गरेको हो ।

संविधान दिवसको दिन पारेरसरकारले ९९८ जनालाई विभिन्न किसिमका विभूषण घोषणा गरेको छ, जसअनुसार १७ जनाले ‘सुकीर्तिमय राष्ट्रदीप’ पाउने उल्लेख थियो। यो सूचीको दसौं नम्बरमा मुरारकाको नाम थियो । उनी खानी उद्योग सिद्धार्थ मिनिरल्सका सञ्चालक हुन् ।‘प्रबल जनसेवाश्री’ बाट विभूषित हुने ३१२ जनामध्ये सांसद कोइरीको नाम १० औं नम्बरमा छ।

हरेक वर्ष संविधान दिवसमा विभूषण घोषणा गरेर नेपाली नयाँ वर्ष ९वैशाख १० राष्ट्रपतिबाट वितरण गर्ने चलन छ । यो पटक विभूषण पाउनेको सूचीमा कालोबजारी र ठगी आरोपमा प्रशासन र प्रहरी अनुसन्धानमा तानिएका व्यक्ति पनि अटाएका छन् । विगतमा विभूषण बहिष्कार गर्ने केही कलाकार पनि सूचीमा छन्।

विभूषण रद्द भएका व्यापारी गोयललाई प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो । उनले अघिल्लो वर्ष जनसेवाश्री पदक पाइसकेकोले उनी यसवर्ष अर्को पदक पाउने योग्यताभित्र नपरेका कारण रद्द गरिएको हो । एउटा पदक पाएको दुइवर्ष पुरा नुहँदै अर्को पदक दिन नमिल्ने व्यवस्था छ ।

त्यस्तै यामबहादुर श्रेष्ठ जननमुना माबी सुर्खेतको शिक्षक हन् । उनी पनि भ्रष्टाचार आरोपमा अनुसन्धानको दायरामा छन् । उनलाई पनि प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो । प्रवल जनसेवाश्री पाउने सूचीमा रहेका कर्मचारी शेरबहादुर श्रेष्ठको पनि रद्द गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यलय सुर्खेतमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै उनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram