Listen Live: 

भरतपुर महानगरपालिकामा मेलमिलापसम्बन्धी आठ दिने तालिम सुरु

Radio Chitwan
सोमवार, माघ ९, २०७९

चितवन, माघ ८(

भरतपुर महानगरपालिकामा मेलमिलापसम्बन्धी आठ दिने तालिम सुरु भएको छ ।

भरतपुरका उपमेयर तथा न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले तालिमको उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै उपमेयर अधिकारीले महानगरको न्यायलाई सबैको पहुँचमा पु¥याउने विश्वास समेत दिलाए । उनले अन्यायमा परेका सबै नागरिकले अब न्याय पाउने बताए । उनले भने, ‘अब न्याय नपाएर अब कोही पनि अन्यायमा पर्ने छैन । न्यायको अनुभूति सबै नागरिकले पाउने गरी महानगरले काम गरिरहेको छ । ’

उनले देशका ७५३ स्थानीय तह मध्येमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट बनाउने गरी तालिमको आयोजना गरिएको पनि उल्लेख गरे । ‘यो तालिम पश्चात् मेलमिलापकर्ताहरुको माध्यमबाट अब भरतपुर महानगरबासी आमनागरिकहरुले न्याय पाउनु हुने छ भन्नेमा म पूर्ण विश्वस्त समेत रहेको छु’ उपमेयरले भने । विवाद रहित समाजको निर्माण गर्न यो तालिम कोशे ढुंगा सावित हुने पनि अधिकारीको टिप्पणी छ । भरतपुर महानगरपालिकाले सुशासन तथा विकास प्रतिष्ठान काठमाडौको प्राविधिक सहयोगमा माघ ९ गते देखि १६ गतेसम्म आठ दिवसीय ९४८ घण्टे० आधारभूत तालिमको आयोजना गरेको हो । तालिममा भरतपुर महानगरपालिकाको वडा १ नम्बर देखि १६ नम्बर सम्मका नयाँ मेलमिलापकर्ताहरु सहभागी भएका छन ।

२४ वटा वडा कार्यलयहरुबाट सिफारिस भइ आएका मेलमिलापकर्ताहरुलाइ दुई चरणमा बिभाजन गरी तालिम प्रदान गरिएको कानुनी मामिला शाखाका कृष्णप्रसाद सापकोटाले जानकारी दिए । समाजमा हुने गरेका हरेक घटनाहरुलाई मेलमिलाप पद्धतिबाट न्यायिक निरोपण गर्नु पर्ने भएकोले यो तालिम आयोजना गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा सुशासन तथा विकास प्रतिष्ठान काठमाडौका प्रमुख महेन्द्र लम्सालले मेलमिलापको माध्यमबाट स्थानीयस्तरमा हुने गरेका विवादहरुलाइ न्यायिक निरोपण गर्न यसले महत्पूर्ण भूमिका निर्बाह गरेको बताए । यस्तै भरतपुर महानगरका कानुनी सल्लाहकार गोपीलाल देवकोटाले ससाना मुद्दाहरुलाई तल्लो तहबाटै समाधान गर्ने काम मेलमिलाप समिति मार्फत हुँने हुँदा यस्तो खालको तालिम आयोजना गरिएको प्रष्ट पारे । साथै उनले मधस्तकर्ताको रुपमा मेलमिलाप समितिले काम गर्ने तथा न्याय सम्पादन गर्ने सवालमा मेलमिलापकर्ताहरुको महत्वपूर्ण भूमिका रहने पनि बताए । यस अघि महानगरले २९ वटै वडामा स्थलगत अनुगमन तथा मेलमिलाप कर्ताहरुलाइ निर्देशन एवम् मेलमिलापकर्ताहरुको विवरण अध्याबधिक गरेको थियोे ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram