कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने

चितवन, माघ ९(
दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने भएका छन् ।
‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ का लागि उनीहरु नेपाल आउने भएका हुन् । यही फेब्रुअरी ३ देखि ५ सम्म चितवनको पटिहानीमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय बैठक हुन लागेको हो ।
नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरु बैठकमा सहभागी हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तले जानकारी दिनुभयो । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिवहरु बैठकमा सहभागी हुनुहुनेछ ।
अन्य देशबाट समकक्षीसहित गैँडाका क्षेत्रमा काम गर्ने विज्ञहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । फिल्डमा काम गर्ने कर्मचारीहरु भने पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । एकसिङ्गे गैँडा भारतमा सबैभन्दा बढी पाइन्छ भने नेपाल एकसिङ्गे गैँडा पाउने देशमध्ये दोस्रो स्थानमा पर्दछ ।
बैठकमा गैँडा संरक्षणमा देखिएका चुनौतीका विषयमा छलफल गरी आगामी योजनाहरु तय गरिने बताइएको छ । यसअघि गैँडा संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय बैठक इन्डोनेसिया र दोस्र्रो भारतको दिल्लीमा भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]